
लन्डन । बेलायतवासी युद्ध साहित्यकार, संस्कृतिकर्मी एवं पहिचान पुरस्कार कोषका संस्थापक काङमाङ नरेश राईलाई वि.सं २०८२ को ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार’ प्रदान गरिने भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले बिहीबार २३ अप्रिलमा विज्ञप्ति जारी गर्दै ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार २०८२’ राईलाई प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभएको हो । युद्ध साहित्यलाई आफ्नो ‘ब्रान्ड’ बनाइसकेका लेखक काङमाङ नरेश राई अवकाशप्राप्त बेलायती गोर्खा सेना हुनुहुन्छ । उहाँ आफ्ना रचनामा युद्ध र युद्धजनित पीडा अनि अभिघातलाई कुशल ढंगले चित्रण गर्नुहुन्छ । काङमाङ नरेश राई एक कुशल कवि, कथाकार तथा गैरआख्यान लेखकका रुपमा चिनिनु हुन्छ । उहाँका कविता सङ्ग्रहहरु ‘पप्पी फूल’ र ‘तेप्लायु’ तथा कथासङ्ग्रह ‘एघार नोभेम्बर’, गैरआख्यान ‘पानी पतिया’लगायत कृति प्रकाशित छन् ।
प्रज्ञा अन्तर्देशीय पुरस्कार २०८१ भवीलाल लामिछाने (भारत)लाई दिइएको थियो ।
यस्तै प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएका विभिन्न विधाका पुरस्कार र प्रादेशिक पुरस्कारहरु पनि घोषणा गरेको छ। प्रज्ञा पुरस्कार जनही १ लाख र प्रज्ञा प्रादेशिक पुरस्कार राशि जनही ५० हजार रुपैयाँ रहेको छ ।
क-कसले पाउँदै छन् पु्रस्कार ?

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते