
लन्डन – वरिष्ठ हृदय रोग सर्जन डा भगवान कोइरालाको नेतृत्वमा स्थापित काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ शनिबार लन्डनमा एक च्यारिटी कार्यक्रम आयोजना गरिएको छ।
के–पाल्स यूकेले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग पुर्याउने उद्देश्यले ह्यारोस्थित ब्लु रुममा आयोजित च्यारिटीमा सांस्कृतिक प्रस्तुतिका साथै राफल ड्र र अक्शन पनि गरिएको थियो ।
काठमाडौँबाट भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै डा भगवान कोइरालाले सन् २०१७ मा गैरनाफामूलक संस्थाका रूपमा स्थापना भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले नेपालभरका बालबालिकाका लागि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले गएको तीन दशकमा मातृ मृत्यु दर तथा शिशु मृत्यु दरमा उल्लेख्य सुधार भए पनि विकसित मुलुकहरुको तुलनामा नेपालमा बाल मृत्यु दर अझै उच्च रहेको बताउनुभयो । उहाँले गुणस्तरीय मात्र होइन, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै बालबालिकाको जीवनस्तर सुधार गर्ने उद्देश्यले नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने लक्ष राखिएको जनाउनुभयो । उहाँले गएको तीन वर्षदेखि कोशी प्रदेश अन्तर्गत दमकमा बाल अस्पताल संचालन भै रहेको र काठमाडौँको बुढानिलकण्ठ नगरपालिका हेपाली हाइटमा केन्द्रीय अस्पताल निर्माणाधीन रहेको बताउनुभयो । उहाँले अस्पताल निर्माण गर्न सघाइरहेका एनआरएन मित्रहरु लगायत सबै संघसंस्थालाई हार्दिक धन्यवाद पनि दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले बाल स्वास्थ्य सुधारका लागि थुप्रै लगानी र कार्यक्रमहरु संचालन गरिरहेको भन्दै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थजस्ता संस्थाहरुले देशका विभिन्न भागमा बालबालिकाका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । उहाँले प्रवासमा बसेर नेपालमा शिक्षा, स्वास्थ्य जस्ता सेवा सुधार गर्न सहयोग पुराइ रहेका युके लगायत संसारभरी बसी रहेका नेपालीहरुलाई धन्यवाद पनि दिनुभयो ।
कार्यक्रममा डा सुदर्शन गुरुङले लोकप्रिय गीतहरु गाउनुभयो भने कलाकारहरु डा प्रतिष्ठा त्रिपाठी, कविता रानामगर, दीप्ति खोजु, अरिशा शाक्य, आइशा मोक्तानले नृत्य प्रदर्शन गर्नुभएको थियो ।
कार्यक्रममा कीर्तिमानी पर्वतारोही हरि बुढामगर, के-पाल्स युकेका सल्लाहकार डा डेभिड स्टोनहाउस, एनआरएनए आइसीसीका उपाध्यक्ष रामशरण सिम्खडा, एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनी लगायतका वक्ताले शुभकामना दिनुभएको थियो।
सबै सहभागीहरुलाई स्वागत गर्दै के–पाल्स यूकेका ट्रष्टी डा दुर्गा सिग्देलले बेलायतमा च्यारिटीको रुपमा दर्ता भएको के–पाल्स यूकेले आर्थिक तथा चिकित्सकीय उपकरणका साथै नेपालका डक्टर, नर्स र अन्य जनशक्तिलाई प्रशिक्षण तथा सीप हस्तान्तरण गर्ने काम गरिरहेको जानकारी दिनुभयो ।
अर्का ट्रष्टी शिवजी श्रेष्ठले प्रायोजक लगायत सबैलाई धन्यवाद दिनुभयो। के–पाल्स यूकेकी ट्रष्टी तथा एनआरएनए आइसीसीकी सचिव प्रसुना कँडेलले रोचक तरिकाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
नेपालमा सस्तो र सहज बाल स्वास्थ्य सेवा प्रवाहमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग गर्ने लक्ष्यसहित के–पाल्स यूके स्थापना गरिएको उहाँले बताउनुभयो।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा