लन्डन । धेरैको जनजिब्रोमा रह्यो सन्डे मरनिङ लभ यू । प्रेमालापमा रमाइरहेका प्रेमी प्रेमिका
हुन् अथवा वालवालिका देखि वृद्धवृद्धासम्म, एकताका खुब गुनगुनाए यस गीतमा । यही गीतको
टुक्रा फेसबुक स्ट्याट्समा राखेर दिनको काम शुरुवात गर्नेहरु पनि असंख्य थिए । कतिले
हावा गीत पनि भने, कतिलाई पृथक स्वाद । यू ट्युवमा अहिलेसम्मकै सर्वाधिक हेरिएको सन्डे
मर्र्र्निङले बैंकर गायक भिम निरौलालाई चर्चाको शिखरमा मात्र पुर्याएन, सांगीतिक यात्रा अरु
रफ्तारमा बढाउन उत्प्रेरित पनि गर्यो । तिनै गायक अहिले अर्को खुराक लिएर दर्शक
श्रोतामाझ आइपुगेका छन् । यसपटक पनि रोमाण्टिक गीत नै छाने उनले । डान्सिङ अल द
नाइट…। यू ट्युवमा अपलोड गरेको तीन साता नबित्दै यसलाई हेर्नेको संख्या दुई लाख बीस
हजार नाघिसकेको छ । विशेष गरि तन्नेरीहरु गुनगुनाउन थालिसकेका छन् ।
खासमा गीत चाहिं एउटा रोमाण्टिक मुडमा रहेको एक जना यात्रीसंग केन्द्रित छ । ऊसले
एकजना प्रेमिका पाएको छ र उनीसंग विश्वका १६ देश जस्तो अमेरिका, क्यानाडा,
अर्जेन्टिना अष्ट्रेलिया, न्यूजिल्याण्ड, सिंगापुर, मलेसिया, जर्मनी, बेल्जियम, स्पेन आदि घुम्न
चाहन्छ । न्यूयोर्क सिटी, टोरेन्टो, सिड्नी, क्वालालम्पुर, रोम, ब्रसेल्स्, टोकियो, लन्डन आदि
शहरमा रातभरि प्रेमिकासंग नाच्न लालयित ऊसको सपना गीतमा छताछुल्ल छ । वास्तवमा
त्यो यात्रीले प्रेमिकासंग खुशी बांड्न चाहिरहेको छ । उक्त गीत गायक निरौला आफैंले रचेका
हुन् भने कम्पोज र एरेन्ज पनि आफ्नै । ‘अब नयां नयां गीत पस्किरहन्छु’, एक भेटमा उनी
बडो उत्साहित थिए ।
यो गीत नेपाली र अंग्रेजी दुवैमा छ र दुवै भर्सन यूट्युवमा अपलोड भइसकेको छ । तर,
आर्थिक अभावका कारण नेपाली भर्सनको भिडियो भने बनाउन नसकेको निरौलाले जनाए ।
आर्ट टचेस् आर्ट फिल्मस् कम्पनीले निर्माण गरेको उक्त भिडियोमा सोफी गुडिङ, हिथर रोल्फ,
रोजिना कार्की र भीम निरौला आफैंले खेलेका छन् । रोजिना नेपाली मोडल हुन् भने अरु
दुई ब्रिटिश । छायांकन पाओलो बेनेटाज्जोको छ ।
ग्रीन स्क्रिन र भिज्यूअल आर्ट गरेर बनाइएको उक्त भिडियो लन्डनस्थित क्याम्बरवेल
स्टुडियोमा खिचिएको निरौला बताउंछन् ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’