लण्डन । नेपाली गायन क्षेत्रमा प्रतिनिधि युवा गायकको नाम हो- गंगाराज राई ।
स्वरका धनी गंगाराजको गीतले दर्शक-स्रोताको मन जित्न सफल भएको छ ।
लोक, पप र आधुनिक सबै खाले गीतहरू गाउन सक्ने प्रतिभाशाली गायक गंगाराजको गीतहरूले स्टेज शोहरूमा दर्शकहरूलाई भरपूर मनोरञ्जन दिन सफल छन् भने उनको रेकर्ड गरिएका गीतहरू त अझ राम्रा हुने नै भए ।
गीत, संगीतप्रतिको रूचि, ज्ञान र कलाले गंगाराजको गायनले दिन प्रतिदिन लोकपि्रयताको शिखर चुमिरहेको छ । छोटो समयमा थुप्रै फुटकर गीतहरू गाइसकेका उनले आफ्नो एकल स्वर र गीतकार चन्द्रावती राईको शब्द रहेको आभास गीति एल्बम भरखर बजारमा ल्याएका छन् । ५ वटा आधुनिक गीतहरूको सङ्गालो आभास एल्बममा महेश खड्का, बि.सी राई र पावल चाम्लिङको संगीत रहेको छ ।
गीतकार राई व्यावसायिक गीतकार नभएता पनि सरल शब्दको चयन र गहन मानवीय सम्वेदनाका भावहरू व्यक्त गीतहरूले गर्दा सफल गीतकार बन्न सफल देखिन्छिन् । मानवीय जीवन भोगाइका उतार-चढावहरू गीतमार्फत् आम स्रोताहरू माझ आउनु गीतिकारिताको विशेषता पनि हो । आभास एल्बमका गीतहरू जति सुन्दै गयो उति नै आफ्नो जीवनप्रति मायामोह जगाउने खालको छ । यसमा शब्दहरूको वियोगान्त भाव र सुमधुर स्वरले गीतको गम्भीरता बढी झल्काउंछ । सस्तो लोकप्रियताभन्दा टाढा रहेर निर्माण गरिएको आभास एल्बमका गीतहरूले नेपाली सुगम संगीतको मर्मलाई समेट्ने प्रयास गरेको छ ।
उमेरले गंगाराज कलिलै भए पनि गायनमा उनको परिपक्वता भेटिन्छ । शब्दहरूको भावलाई बुझेर गीतलाई मीठो लयमा ढाल्न सक्ने उनको स्वरमा जादु रहेको छ । बाल्यकालदेखिको गीत संगीतप्रतिको रूचि र शास्त्रीय संगीतमा उच्चशिक्षा हासिल गरेका कुशल गायक गंगाराजको नेपाली म्यूजिक दुनियाँमा ठूलो सम्भावना रहेको छ ।
नेपालमा जस्तो गीत रेकडिङ गर्ने व्यवस्था बेलायतमा पनि हुने हो भने गंगाराजजस्ता धेरै गायक गायिकाहरूको स्वरले नेपाली गीत संगीतको विकासमा ठूलो भूमिका खेल्नसक्ने छ । यसका लागि बेलायतबासी नेपालीहरूको ध्यान जान आवश्यक छ ।
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते