श्रीनगर (भारत नियन्त्रित काश्मिर), १ फागुन । भारत नियन्त्रित काश्मिरमा आइतबार बिहान भएको गोली हानाहानमा चार जना शङकास्पद आतङ्कबादी लडाकू, दुई भारतीय सेना र दुईजना सर्वसाधारणको मृत्यु भएको छ ।
श्रीनगरको कुल्गाम जिल्लामा भएको घटनामा अन्य तीन सैनिक घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
घाइतेहरुमध्ये केहीलाई श्रीनगरमा रहेको सेनिक अस्पतालमा भर्ना गरिएको छ ।
“फ्रिसलमा भएको भिडन्तमा चार विद्रोही लडाकू मारिएका भारतीय सेनाका प्रवक्ता कोल राजेश कालिआले बताउनुभयो ।
आइतबार बिहानै गोली हानाहान र विस्फोटनको आवाज सुनिएको स्थानीय बासिन्दाले बताएका छन् ।
यस क्षेत्रमा पाकिस्तानी र भारतीय पक्षबीचमा सन् १९४७ देखि नै विवाद रहेपनि सन् १९८९ देखि बेलाबखत युद्ध हुने गरेको छ भने द्वन्द्वका कारण दशौं हजार मानिसले ज्यान गुमाइसकेका छन् । हिमाली क्षेत्र काश्मिरलाई भारत र पाकिस्तान दुवैले आफ्नो देशको भू–भाग भएको दाबी गर्दै आइरहेका छन् ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग