
लन्डन । गोर्खा पिस फाउन्डेशनले आगामी ७ जुन २०२६ मा बेलायतको आशफोर्डस्थित ग्रेट चार्ट प्लेइङ्ग फिल्ड्समा गोर्खा वाक (गोर्खा पदयात्रा) आयोजना गर्ने भएको छ ।
वीरता र साहसको सम्मान गर्दै ब्रिटिश सेनाको सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’ प्राप्त १३ जना भूतपूर्व गोर्खा सैनिकहरुको सम्झनामा पदयात्रा आयोजना गर्दै आएको फाउन्डेशनका संस्थापक अध्यक्ष भिम तुम्वाहाम्फेले बताउनुभएको छ । उहाँका अनुसार १३ औं वार्षिक गोर्खा वाकमा यो वर्ष झन्डै २,००० जनाको सहभागिता हुने अपेक्षा गरिएको छ ।
‘हाम्रा नानी छोराछोरीले इतिहास बिर्सदै गए। त्यसैले इतिहासलाई जीवित राख्नु पर्छ भन्ने हिसाबले गोर्खा वाक गर्दै आएका छौं । यसबाट मानसिक र शारीरिक स्वास्थ्य लाभ त हुने नै भयो, यो कार्यक्रमबाट बेलायतमा बसोबास गरिरहेका नेपाली समुदाय र अन्य समुदायबीच समझदारी र सहकार्यमा मदत पुग्ने हाम्रो अपेक्षा छ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष तुम्वाहाम्फेका अनुसार पदयात्राको लागि २ वटा रुट तय गरिएको छ। पहिलो रुट साढे ६ किलोमिटर लामो हुनेछ भने दोस्रो रुट १३ किमि । ‘हामीले एक भीसी बराबर एक किलोमिटर राखेका हौँ,’ उहाँले भन्नुभयो ।
बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारलाई मद्दत गर्ने उद्देश्यले सन् २०१३ मा स्थापना गरिएको गोर्खा पिस फाउन्डेशनले अहिले बर्सेनि नेपालका १६/१७ वटा स्कुलहरुलाई सहयोग गर्दै आएको छ । ‘हामीले नेपालमा विद्यालय भवन निर्माण, खानेपानी तथा शिक्षकको तलबमा पनि सहयोग गर्दै आएको छौं । साथै, बेलायतमा आफ्नै जग्गा किनेर बहुउद्देश्यीय सभा कक्षसहितको आफ्नै भवन बनाउने पनि हाम्रो योजना छ,’ अध्यक्ष तुम्वाहाम्फेले भन्नुभयो ।
गोर्खा वाकका विजेताका लागि रनिङ्ग शिल्डलगायत अन्य पुरस्कारको पनि व्यवस्था गरिएको छ। लन्डन र आशफोर्डमा कार्यालयहरु रहेको ए स्टार मोर्गेजेज उक्त पदयात्राको प्रमुख प्रायोजकको रुपमा रहेको छ।
‘गोर्खा पिस फाउन्डेसनले आयोजना गर्ने गोर्खा वाक २०२६ कार्यक्रममा ए स्टार मोर्गेजेज पनि सहयात्री बन्न पाएकोमा हामी गर्व महसुस गरिरहेका छौँ । यस कार्यक्रममा तपाईँहरू सबैको उपस्थितिले यसलाई परिष्कृत र थप उचाइमा लैजाने छ भन्ने हामीहरूलाई लागेको छ,’ ए स्टार फाइनान्सियल सलुशन्स तथा ए स्टार मोर्गेजेजका प्रबन्ध निर्देशक मिन दर्लामीले भन्नुभयो,’तसर्थ सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्थित भएर सहयोग गरिदिनु हुन हामी आह्वान गर्दछौँ ।’
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?