
काठमाडौं । तमु धीं यूकेले राष्ट्रिय कराते खेलाडी एरिका गुरुङलाई गुडविल एम्बासडर बनाएको छ ।
सोमबार काठमाडौंमा एक कार्यक्रमबीच तमु धीं यूकेले एरिकालाई आफ्नो संस्थाको गुडविल एम्बासडरका लागि सम्झौता गरेको हो । नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, राष्ट्रिय कराते टिमका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलगायतको रोहवरमा सम्झौतापत्रमा तमु धीं यूकेबाट उपाध्यक्ष कमल गुरुङ र एरिकाले हस्ताक्षर गर्नुभयो ।
एरिकालाई तमु धीं यूकेको रजत महोत्सवमा ‘तमु प्रतिभा पुरस्कार-२०२४’ बाट समेत सम्मानित गरिसकेको छ ।
धादिङकी २२ वर्षीया एरिकालाई प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल पोसाक तमु धीं यूकेले उपलब्ध गराउने छ। उहाँले प्रतियोगिताहरूमा सोही पोसाक प्रयोग गर्नुपर्नेछ । उपलब्ध गराइने खेल पोसाकमा प्रायोजकको लोगो राखिने स्थानमा प्रथम पक्षको लोगो अनिवार्य रूपमा राखिने, प्रतिवर्ष दुई जोर ट्र्याकसुट उपलब्ध गराउनेछ र उक्त पोसाकमा प्रथम पक्षको लोगो अनिवार्य रूपमा अंकित हुनु पर्ने, विश्व कराते महासंघ (WKF) तथा एसियन कराते महासंघ (AKF) द्वारा आयोजना गरिएका अधिकतम् चार आधिकारिक प्रतियोगिता तथा विश्वस्तरीय प्रतियोगिताहरू जस्तै यूएस ओपन, अस्ट्रेलियन ओपन, रसियन ओपन, थाइल्यान्ड ओपनमध्ये कुनै एक प्रतियोगितामा सहभागिता जनाउँदा लाग्ने हवाई टिकट खर्च तमु धीं यूकेले ब्यहोर्ने छ । साथै प्रत्येक प्रतियोगिताका लागि पाँच सय अमेरिकी डलर उपलब्ध गराउनेलगायत सम्झौता पत्रमा उल्लेख छ ।
डब्लुकेएफ वरीयतामा नम्बर एक बनाउन तमु धीं यूकेले सहयोग गरिराख्ने उपाध्यक्ष गुरुङले बताउनुभयो । खेलाडी एरिकाले आफूले सक्दो मिहिनेत गरेर नम्बर वान वरीयतामा रहने प्रतिबद्धता जनाउनुभयो ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]