
पोखरा । तमु प्ये ल्हु संघ यूकेको टोलीले तमु समुदायको आदिम सभ्यताको धरोहर क्होला सोंप्रे ट्होको अध्ययन-अवलोकन भ्रमण सम्पन्न गरेको छ ।
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या. डेमबहादुर योज तमुको नेतृत्वमा वैशाख ६ देखि ११ गतेसम्म क्होलाको सफलतापूर्वक भ्रमण सम्पन्न गरिएको हो । १२ जना पुरुष र ७ जना महिला सम्मिलित भ्रमण टोली बैशाख ११ गते शुक्रबार पोखरा फर्किएको छ ।
पोखरा आगमनपश्चात् तमु प्ये ल्हु संघ परिवार पोखराद्वारा भव्य स्वागत तथा बधाई-सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । यसैक्रममा ‘एक गुरुङ गाउँ, एक क्होइबो’ भन्ने केन्द्रको अवधारणालाई आत्मसात गर्दै तमु प्ये ल्हु संघ यूकेले १३ वटा क्होइबोलाई प्रति क्होइबो २,०७,००० रुपैयाँका दरले २६ लाख ९१००० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । सहयोग रकममध्ये चितवन, गोरखा, तनहुँ, कास्की, स्याङ्जा, पूर्वको झापा र पश्चिमको रोल्पा गरी जम्मा १० वटा क्होइबोलाई शुक्रबार उक्त कार्यक्रमबीच हस्तान्तरण गरेको छ भने बाँकी ३ वटा क्होइबोलाई यसअगावै हस्तान्तरण गरिसकेको तमु प्ये ल्हु संघ यूकेका सचिव भेगलाल च्हाग्ली तमुले बताउनुभएको छ ।
तमु समुदायको अन्तिम राज्य, आदिम सभ्यता, पुर्ख्यौली (पैत्रिक) थलो क्होला सोंप्रे ट्हो अर्थात् क्होलासोंथरको अध्ययन अवलोकन भ्रमणमा जानुको उद्देश्य, औचित्य र आवश्यकताबारे स्थलगत अध्ययन रिपोर्ट मानवशास्त्री डा. पोलबहादुर क्रोम्छें तमुले ओभरहेड प्रोजेक्टरमार्फत प्रस्तुत गर्नुभएको थियो ।
यस अगाडि तमु प्ये ल्हु संघ हङकङ परिवारले पनि क्व्होला अध्ययन अवलोकन भ्रमण गरेको थियो । यो महत्वपूर्ण पहलले तमु समुदायको मौलिक पहिचान, संस्कार र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ । क्व्होलाको अध्ययन अवलोकन रिपोर्टले राज्यसँग वास्तविक अनुसन्धान उत्खननको मागसहित विश्व सम्पदा सूचीमा सूचिकृत गराउन ठूलो टेवा पुग्ने भ्रमण टोली संयोजक यूकेका अध्यक्ष क्या. डेमबहादुर योज तमुले बताउनुभएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते