
लन्डन । काठमाडौं बौद्धस्थित सेचेन गुम्बाका खेन्पो गुरु संगय फुन्टशोक शेर्पा लन्डन आइपुगेका छन् । उनी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको निमाण्त्रणमा लन्डन आएका हुन् । उनीसँगै लामा सोनाम लाङ्गफो समेत आएका छन् ।
बीसीसी यूकेले आउँदो शुक्रबार १ मे का दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको २५७० औं बुद्ध जयन्तीको अवसरमा लन्डन आएका हुन् । खेन्पो फुन्टुशोक शेर्पाले अमितायुस लङ्ग लाईफ इम्वापरमेन्टको विशेषता र महत्त्वबारे प्रवचन दिनुका साथसाथै आयुको अभिषेक (वाङ्ग) प्रदान गर्ने छन् ।
उनको स्वागतार्थ बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पा, आमा प्रमुख शारदा गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्वअध्यक्ष लेप्टन नारायण गुरुङ, खेन्पो छिरिङ्ग, उपाध्यक्ष एवं बुद्ध जयन्ती समारोहका संयोजक रोबिन गुरुङ हिथ्रो एयरपोर्ट गएका थिए ।
बुद्ध जयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी यूकेको सिंगो कार्यसमिति, आमाहरु र सल्लाहकारहरु तयारीमा जुटिरहेको आमा प्रमुख शारदा गुरुङल जानकारी गराउँदै उक्त कार्यक्रममा सहभागी भैदिनहुनका लागि सम्पूर्ण बेलायतवासी नेपाली आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक अनुरोध गरेका छन् ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित