
धरान । धरानमा सम्पन्न चौथो संस्करणको ‘गोर्खा ट्रेल ब्लेजर’ दौड प्रतियोगितामा पुरुषतर्फ उमेश थापा र महिलातर्फको उपाधि प्रिया तामाङले जित्नुभएको छ ।
शनिबार सम्पन्न १० किलोमिटर दौड धरानका धावक थापाले २५ मिनेट ५१ सेकेन्डमा र महिलातर्फ दार्जिलिङकी प्रिया तामाङले ३० मिनेट ४६ सेकेन्डमा उक्त दूरी पार गर्नुभयो । विजेता दुवै जनालाई जनही रु २० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालका अध्यक्ष महेन्द्र राईले बताउनुभयो ।
गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा सम्पन्न दौड प्रतियोगिता धरान उपमहानगरपालिका–१८ स्थित रत्न चोकबाट सुरु भई मङ्गलबारे, सर्दु खोलाको नयाँ पुल हुँदै धरान–२० विष्णुपादुकास्थित भञ्ज्याङमा पुगेर समापन भएको थियो ।
प्रतियोगितामा सुनसरी, मोरङ, झापा, पाँचथर, धनकुटालगायतका जिल्लाबाट करिब पाँच सय धावक–धाविकाको सहभागिता रहेको थियो । जीवित वीर गोर्खा सैनिकहरूको सम्मानमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते