
काठमाडौं । बेलायतमा बसोबास गरिरहेका गोर्खा सैनिक तथा उनीहरूका सन्ततिको नेपाली वंशज नागरिकता निरन्तरतासम्बन्धी माग राख्दै संयुक्त प्रतिनिधिमण्डलले बिहीबार नेपालका राष्ट्रपतिसमक्ष ज्ञापनपत्र पेस गरेको छ।
सीएनसीबीजी र भूपू सैनिक कल्याणकारी समिति नेपालको संयुक्त टोलीले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त मागसहितको ज्ञापनपत्र बुझाएको हो । कार्यक्रमको उद्देश्यबारे भूपू सैनिक कल्याणकारी समितिका सचिव तथा वरिष्ठ अधिवक्ता चेतबहादुर आलेले संक्षेपमा प्रस्ट पार्नुभएको थियो । साथै सीएनसीबीजीको तर्फबाट तयार पारिएको ज्ञापनपत्र पनि वाचन गरिएको थियो। त्यसपछि सीएनसीबीजीका अध्यक्ष थर्क रानाले राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाउनुभएको थियो । ज्ञापनपत्रमा बेलायतमा बसोबास गरिरहेका गोर्खा सैनिक तथा उनीहरूका सन्ततिको नेपाली नागरिकता निरन्तरताको मागलाई राज्यले यथाशीघ्र सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ।
ज्ञापनपत्र बुझ्दै राष्ट्रपति पौडेलले गोर्खा सैनिक र उनीहरूको योगदान विशेष रहेको उल्लेख गर्दै उनीहरूको नागरिकतासम्बन्धी जायज मागलाई सरकारसमक्ष पठाउने आश्वासन दिनुभएको छ । उहाँले गोर्खा सैनिकहरू अन्य देशमा रहेका गैरआवासीय नेपालीभन्दा फरक र विशेष सम्मान प्राप्त समूह भएको पनि बताएका सीएनसीबीजीका अध्यक्ष थर्क रानाले जानकारी दिनुभयो ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता