काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को आफ्नो तेस्रो खेलमा नेपालले युएईमाथि ४ विकेटको जित दर्ता गरेको छ । आइतबार नामिबियाको ट्रष्ट युनाइटेड मैदानमा भएको खेलमा नेपालले युएईमाथि ४ विकेटले जित हासिल गरेको हो ।
यो जितसँगै नेपालको डिभिजन २ शीर्ष दुईमा पर्ने सम्भावना कायमै छ । ओसिलो मैदानका कारण ३४ ओभरमा छोट्याइएको खेलमा युएईले पहिले ब्याटिङ गर्दै १ सय १४ रन जोडेको थियो ।
युएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २८.५ ओभरमा भेट्टायो । नेपालका लागि कप्तानी पारी खेलेका पारस खड्काले अर्धशतक प्रहार गरे । ४८ बल खेलेका पारसले ५ छक्का र दुई चौका प्रहार गर्दै ५१ रन बनाए ।
निरन्तर खराब ब्याटिङ गरिरहेको नेपालले सुरुवातै दुईवटा महत्वपूर्ण विकेट गुमाएको थियो । तर, पारसले आक्रामक ब्याटिङ गर्दै नेपालको विजयका लागि महत्वपूर्ण आधार तयार पारे । आरिफ शेखले १६ रन जोडे । यस्तै, सोमपाल कामी १० तथा रोहित पौडेल १२ रनमा अविजित रहे । अन्य कुनै पनि ‘ब्याटस म्यान’ दोहोरो अंक जोड्न सकेनन् ।
युएईका मोहमद नाभिद र अमिर हायतले दुई दुई विकेट लिए । रोहन मुस्ताफा र अमिर हायतको नाममा एक एक विकेट रह्यो ।
युएईका लागि साइमन अनवरले सर्वाधिक ३० रन बनाए । अदानन मुस्तीले १८ तथा मोहमम्द बोटाले १५ रन जोडे यस्तै, गुलाम साबरले १६ तथा मोहमम्द नाभिदले १० रन जोडे । अन्य कुनै पनि ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
३१ ओभरमा १ सय १४ रनमा अलआउट गर्ने क्रममा नेपालका लागि सोमपाल कामीले चार विकेट लिए । यस्तै, सन्दीप लामिछानेले ३, पारस खड्काले २ तथा करण केसीले १ विकेट हात पारे ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै