काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को आफ्नो तेस्रो खेलमा नेपालले युएईमाथि ४ विकेटको जित दर्ता गरेको छ । आइतबार नामिबियाको ट्रष्ट युनाइटेड मैदानमा भएको खेलमा नेपालले युएईमाथि ४ विकेटले जित हासिल गरेको हो ।
यो जितसँगै नेपालको डिभिजन २ शीर्ष दुईमा पर्ने सम्भावना कायमै छ । ओसिलो मैदानका कारण ३४ ओभरमा छोट्याइएको खेलमा युएईले पहिले ब्याटिङ गर्दै १ सय १४ रन जोडेको थियो ।
युएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २८.५ ओभरमा भेट्टायो । नेपालका लागि कप्तानी पारी खेलेका पारस खड्काले अर्धशतक प्रहार गरे । ४८ बल खेलेका पारसले ५ छक्का र दुई चौका प्रहार गर्दै ५१ रन बनाए ।
निरन्तर खराब ब्याटिङ गरिरहेको नेपालले सुरुवातै दुईवटा महत्वपूर्ण विकेट गुमाएको थियो । तर, पारसले आक्रामक ब्याटिङ गर्दै नेपालको विजयका लागि महत्वपूर्ण आधार तयार पारे । आरिफ शेखले १६ रन जोडे । यस्तै, सोमपाल कामी १० तथा रोहित पौडेल १२ रनमा अविजित रहे । अन्य कुनै पनि ‘ब्याटस म्यान’ दोहोरो अंक जोड्न सकेनन् ।
युएईका मोहमद नाभिद र अमिर हायतले दुई दुई विकेट लिए । रोहन मुस्ताफा र अमिर हायतको नाममा एक एक विकेट रह्यो ।
युएईका लागि साइमन अनवरले सर्वाधिक ३० रन बनाए । अदानन मुस्तीले १८ तथा मोहमम्द बोटाले १५ रन जोडे यस्तै, गुलाम साबरले १६ तथा मोहमम्द नाभिदले १० रन जोडे । अन्य कुनै पनि ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
३१ ओभरमा १ सय १४ रनमा अलआउट गर्ने क्रममा नेपालका लागि सोमपाल कामीले चार विकेट लिए । यस्तै, सन्दीप लामिछानेले ३, पारस खड्काले २ तथा करण केसीले १ विकेट हात पारे ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते