
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूको ‘मुटु र रक्तनली रोगः जानकारी र रोकथाम’ कृति सार्वजनिक भएको छ ।
काठमाडौंको बौद्ध चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल परिसरमा बिहीबार आयोजित समारोहमा ९४ वर्षीया ज्येष्ठ नागरिक आङडोली शेर्पा र डा. लिम्बूलगायतले लोकार्पण गर्नुभएको हो । डा. लिम्बूको यश अघि “अस्तित्व, पहिचान सन्दर्भमा” कृति प्रकाशित छ ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटु र रक्तनली रोग विशेषज्ञका रूपमा पच्चीस वर्ष सेवा गरिसक्नु भएका डा. लिम्बूले सर्वसाधारणले बुझ्ने भाषामा मुटु र रक्तनलीसम्बन्ध विषयगत चर्चा गर्नुभएको छ । ‘विभिन्न स्थानमा सेवारत रहँदा भेट भएका बिमारीहरू र वहाँका आफन्तहरूसँग भएका संवाद र जिज्ञासा नै यो पुस्तक लेखनको लागि प्रेरणाको स्रोत हो,’ डा. लिम्बूले भन्नुभयो ।
मुटु रोगको इतिहास र वर्तमान अवस्था केलाउँदै विश्वभरि प्रत्येक वर्ष एक करोड ९० लाख मान्छेको मृत्यु मुटु र रक्तनली रोगबाट हुने गरेको छ । यो सम्पूर्ण मानव मृत्युको झन्डै एक तिहाइ हो ।
‘नेपालजस्तो विकासोन्मुख मुलुकमा एकातिर उच्च रक्तचाप, मधुमेहजस्ता मुटु र रक्तनली रोगका कारकतत्वहरूको जोखिम सँगै कोरोनरी मुटुरोगको जोखिम र मृत्युदर बढिरहेको छ,’ डा. लिम्बू भन्नुभयो, ‘अर्कोतिर विकसित मुलुकहरूमा प्राय निराकरण भइसकेको बाथ ज्वरो र बाथ मुटुरोगको रोकथाम र मृत्यदरमा सुधार हुन सकेको छैन ।’
पुस्तकभित्र १५ वटा लेखमार्फत् मुटुरोगबाट बच्न तथा निराकरणका निम्ति सावधानी अपनाउनु पर्ने विषयहरू सरल भाषामा उल्लेख गरिएको छ । मुटु र रक्तनली स्वास्थाको लागि दैनिक कति पाइला हिंड्ने, उच्च रक्तचाप र कोलेस्टोरोलबारे कुन उमेरबाट सजग रहने, उक्त रक्तचापका बिमारीले आफ्नो रक्तचापको निगरानी कसरी गर्नेजस्तो विषयहरू रहेका छन् । मुटु तथा रक्तसंचार प्रणाली रोग जोखिमको अनुमानित गणना, छाती नदुखे पनि हार्ट एट्याक हुन सक्नेजस्तो जानकारी समेटिएका छन् ।
मुटु र रक्तनली रोगसम्बन्धी जानकारी, यसका लक्षण, यसबारे गरिने परिक्षण, कोरोनरी मुटुरोग, उच्च रक्तचाप, बाथ ज्वरो र बाथ मुटुरोग, हार्ट फेलियर, मुटुको चालमा हुने समस्या र हार्ट ब्लकबारे जानकारी रहेका छन् । यसैगरी जन्मजात मुटुरोग, मुटु र रक्तनली रोगको रोकथाम, वायु प्रदूषण र मुटुरोग, रक्तनली रोगहरू, नियमित व्यायामको महत्व, मुटुरोग र स्वास्थ्य खाना, मुटु र रक्तनली रोगमा एआईको प्रयोगसमेत दिइएका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते