
काठमाडौं, २० चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार वासिङ्टनमा आयोजित एक सम्मेलनमा भन्नुभयो, आतङ्कवादीहरुले आणविक आतङ्कवादको प्रयास गरिरहेको भन्ने बुझिन्छ, त्यसको खतरातर्फ अबको विश्वले अत्यन्तै सम्वेदनशिल रुपले सोच्नुपर्ने भएको छ ।
वासिङ्टनमा गएको बुधबारदेखि आणविक विश्वलाई सुरक्षित एवम् शान्त विश्व बनाउनुपर्ने विषयमा गम्भीर बहस सुरु भएको छ । त्यस सम्मेलनमा विश्वका कम्तीमा पनि ५० देशका नेता सहभागी छन् र उनीहरुले आणविक शस्त्रास्त्रले उन्माद जन्माउन खोजेको जस्तो देखिएको पछिल्लो विश्व परिवेषलाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा चिन्तन गरिरहेका छन् ।
त्यस सम्मेलनमा राष्ट्रपति ओबामाले यस्तो घातक कर्मको सम्भावना देखिरहदा यता उत्तर कोरियाले फेरि अर्काे आणविक परीक्षण गरेको समाचार विश्वव्यापी प्रचारमा आइरहेको थियो । विश्वका सञ्चारमाध्यमहरुले राष्ट्रपति ओबामाको यस संशयपूर्ण अभिव्यक्तिसँगै उत्तर कोरियाले फेरि पनि अर्काे आणविक परीक्षण गरेको भन्ने समाचारलाई उत्तिकै प्राथमिकतामा प्रचार गरिरहेका थिए ।
राष्ट्रपति ओबामाको पछिल्लो अभिव्यक्तिको पृष्ठभूमि हालैका दिनमा युरोपमा बढिरहेको आतङ्कवादी हमला र उता उत्तर कोरियाले जारी राखेको एकपछि अर्काे आणविक परीक्षण नै हो । उत्तर कोरियाले गत फेब्रुअरी ६ मा लामो दुरीको र निकै शक्तिशाली रकेट परीक्षण ग¥यो । त्यस परीक्षणका कारण दक्षिण कोरिया र जापानमा भूकम्पको धक्का नै महसुश भएको थियो ।
त्यसपश्चात विश्व समुदायले नै उत्तरको यस कार्यको निन्दा गरे र संयुक्त राष्ट्रसङ्घको अगुवाईमा अमेरिका, दक्षिण कोरियालगायतका देशले उत्तरका विरुद्धमा नाकाबन्दी पनि लगाए । नाकाबन्दीपछि उत्तर कोरियाले झनै आफूलाई शाक्तिशाली रुपमा प्रस्तुत गरिरहेको देखाएको छ । त्यसपछि पनि उसले थप तीन पटकसम्म यस्तै परीक्षण गरेको छ । यसको अन्तिम शृंखला शुक्रबारै देखिएको छ ।
त्यसैगरी गतहप्तामात्र बेल्जियमको राजधानी ब्रसेल्समा आतङ्कवादको अर्काे तथा पछिल्लो शृंखला प्रदर्शित भएको छ । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेशनमा भएको आक्रमणमा परी ३५ जनाको ज्यान गएको छ । इस्लामिक स्टेट्स् (आइएस) नाम दिएको एक आतङ्ककारी समूहले सो आक्रमण गराएको थियो । युरोपमा पनि यस समूहको आतङ्क फैलिएकोले पनि विश्व समूदायले नै चिन्ता व्यक्त गरेको छ । आइएस जिहादी समूहले गराएको आत्मघाती बम विस्फोटमा परी नागरिकको ज्यान गएको घटना दुःखद त छदैछ, त्यो भन्दा पनि युरोपमा समेत प्रवेश पाएको यस आत्मघाती कृत्यले आजसम्मको समृद्ध एवम् शान्त मानिने गरेको युरोपमै अध्यारो भविश्यको कालो बादल मडारिएकोप्रति चिन्ता छाएको हो ।
यस आतङ्ककारी संगठन इस्लामिक स्टेट्सले सन् २०१५ को जनवरी ७ मा फ्रान्सको राजधानी पेरिसमा रहेको ‘चार्ली एब्दो’ नामक पत्रिकामा हमला गरी प्रधानसम्पादकसहित १४ जनाको हत्या गरेको थियो । मुस्लिम धर्मका प्रबर्तक प्रोफेट मोहमम्दको कार्टुन बनाएर उहाँको अपमान गरेको आरोप लागाउँदै बदलास्वरुप आईएसका लडाकूले यसरी सम्पादकहरूको ज्यान लिएका थिए ।
यस घटनापछि फ्रान्सप्रति ऐक्यबद्धता जनाउन त्यसहप्ता विश्वका ४५ देशका राष्ट्रपति एवम् प्रधानमन्त्री त्यहाँ पुगे र लाखाँैलाखको सहभागितामा पेरिसमा भएको शान्ति रयालीमा भाग लिए । अमेरिकाले आतङ्कवाद विरुद्धको हाल संसारमा जारी रहेको युद्धमा नयाँ अध्याय सुरु भएको घोषणा गरयो । त्यसको नेतृत्व उसले गरयो र पश्चिमा राष्ट्रहरूले यसलाई पछाए । तर पुनः गत नोभेम्बर १३ मा पनि आईएसको अर्को आक्रमणको सिकार बन्यो पेरिस । त्यसदिन पेरिसका विभिन्न सात ठाउँमा आईएसले हमला गरे र १३७ जनाको ज्यान लियो भने त्यसमा गोली लागेर ३५८ जना व्यक्ति नराम्ररी घाइते भए ।
युरोपकै ट्युनिसियामा सन् २०१५ मा नै राजधानी ट्युनिसस्थित बाडौ म्युजियममा आतङ्ककारी आक्रमण हुँदा २१ जना विदेशी पर्यटक र एकजना ट््युनिसियाली प्रहरीको मृत्यु भएको लगभग डेढ महिनापछि जुन २६ मा ट्युनिसियाकै एउटा होलिडे रिसोर्टमा यस्तै आक्रमण हुँदा अधिकांश बेलायतीसहित ३८ जना विदेशी पर्यटकको मृत्यु भयो । युरोपमा त्यसयता यस्तो त्रासदीपूर्ण आक्रमण कायमै छ ।
चिन्ताको विषय त के हो भने दुई पटकको पेरिस हमलापछि त्यसको तयारी बेल्जियममा गरिएको भनेर बेल्जियममा नै लुकिछिपी बसिरहेका भनिएका आतङ्कवादीहरुको खोजीका लागि निकै कडा सुरक्षा व्यवस्थाको प्रचार गरिएको थियो । लाग्छ कि सारा युरोपको सुरक्षा नै ब्रसेल्समा केन्द्रित थियो । ब्रसेल्समा हालै भएको आक्रमणको दुई दिनमात्र अघि पेरिस हमलाको एकजना मुख्य योजनाकारलाई पक्राउ पनि गरिएको थियो ।
त्यति कडा सुरक्षा हुदाहुदै पनि ब्रसेल्समा नै यसरी हमला हुनुलाई आइएसको दरिलो उपस्थितिका रुपमा विश्लेषकहरुले लिएका छन् । विश्लेषकहरुले युरोपका अरु देशहरुमा पनि आइएसको आक्रमण हुनसक्छ र अहिलेको जस्तो सुरक्षा प्रबन्धले पुग्दैन भनिरहेका छन् । उनीहरुले आतङ्कवादले यसरी वर्षेनी नै युरोपेली देशहरुमा जालो फिजाउनुले युरोपको भविश्यमाथि प्रश्नचिन्ह लगाइदिएको छ भनेका छन् ।
अल कायदा नामको एक आतङ्कवादी सञ्जालका नाइके ओसामा विन लादेन केही वर्षपहिले पाकिस्तानमा मारिए । उनको यो अन्त्यसँगै विश्वमा आतङ्कवादी क्रियाकलापमा कमी आउने अपेक्षा सर्वत्र गरिएको थियो । तर परिस्थिति त्यस्तो रहेन । त्यसपछिका वर्षहरुमा पनि विश्वका विभिन्न क्षेत्रमा यो त्रासले छोडेको छैन । सन् २०१५ को आगमनसँगै विश्वमा आइएस नामको एक आतङ्कवादी संगठनको सन्त्रास सुरु भएको थियो । र अहिलेसम्म नै सो त्रासले युरोपलाई सताइरहेको देखिन्छ ।
यतिखेर अमेरिकी राष्ट्रपति ओबामा र करिब हप्तादिनमात्र अघि संयुक्त राष्ट्रसङ्घको निशस्त्रीकरणसम्बन्धी कार्यक्रमका प्रमुखले व्यक्त गर्नुभएको आणविक आतङ्कवादको अर्थ यिनै आतङ्कवादीहरुले आणविक आक्रमण गर्ने त होइनन् भन्ने नै हो । त्यसो त अमेरिकाले यसअघि देखि नै उत्तर कोरियालाई आतङ्कवादको सूचीमा राख्दै आएको छ । उत्तर कोरियाले हालै गरेको हाइड्रोजन बमको परीक्षणपछिको एक प्रतिक्रियामा उत्तर कोरियाले नै अमेरिकाको न्युयोर्कमा नै आक्रमण गर्नेसम्मको एक अत्यन्तै आवेगपूर्ण अभिव्यक्ति दिएको थियो । सायद यसैलाई उहाँले यस्तो आणविक आक्रमणको संज्ञा दिनुभएको पनि हुनसक्छ ।
विश्वका सञ्चारमाध्यमका यतिखेरका समाचारका शीर्षकहरु यस्तै आतङ्कवादी हमला र त्यसबाट मानिस मारिएका तथा उत्तर कोरियाले गर्ने गरेका आणविक परीक्षणहरु धेरै मात्रामा बन्ने गरेका छन् । त्यसैले एकातर्फ आतङ्कवादी हमला गरी कैयौं नागरिकको हत्या गर्ने र अर्कातर्फ आणविक हमलालाई उत्तर कोरियाले निरन्तरता दिइरहनाले विश्वमा एकै पटक यो चासो र चिन्ता बढाएको छ ।
यस्तो अवस्थामा यसरी आणविक परीक्षणजस्तो कार्य हल्का भइदिँदा अहिलेसम्म हतियारले मानवहत्या गरिरहेका आतङ्कवादीहरुले नरसंहारका लागि परमाणुको प्रयोग गरिदिए भने के होला ? यसले निम्त्याउन सक्ने अनिष्टलाई अहिले नै आंकलन गरेर अघि बढ्दा राम्रो होला भन्ने आसयका अभिव्यक्तिहरु विश्वव्यापी नै आइरहेका छन् । त्यसैले यदि यो सम्भव छ भने पनि असम्भव तुल्याउने पक्षमा विश्वका शान्तिप्रेमी नागरिक र देशहरु लाग्नु र जाग्नु आवश्यक छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने