
लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले इजरायललाई गाजा सहरलाई नियन्त्रणमा लिने योजना गलत भएको भन्दै यसलाई पुनर्विचार गर्न शुक्रबार आग्रह गर्नुभएको छ ।
यो योजनाले द्वन्द्वको अन्त्य गर्न वा बन्धकहरूको रिहाइ सुरक्षित गर्न मद्दत नगरी थप रक्तपात मच्चाउने उहाँले बताउनुभएको छ । उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूद्वारा प्रस्तावित तथा इजरायली सुरक्षा मन्त्रिपरिषद्द्वारा अनुमोदित योजना अन्तर्गत गाजा सहरलाई ‘नियन्त्रण’मा लिने घोषणाकोे निन्दा गर्नुभएको हो ।
त्यहाँ मानवीय सङ्कटलाई उद्धृत गर्दै इजरायललाई प्यालेस्टिनी क्षेत्रमा युद्ध अन्त्यको माग गर्दै स्टार्मरको बेलायत सरकार यसको विपक्षका रहेको बताउनुभएको छ ।
गत हप्ता उहाँले बेलायतले सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने वाचा गर्दै इजरायलले गाजामा युद्धविराममा सहमत नभएसम्म ‘ठोस कदम’ नचाल्ने जनाउनुभएको छ । प्रधानमन्त्री स्टार्मरले इजरायलको ‘गाजामा आक्रमणलाई अझ बढाउने निर्णय गलत भएको’ ठहर गर्दै यसलाई तुरुन्तै पुनर्विचार गर्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “गाजामा हरेक दिन मानवीय सङ्कट बढ्दै गएको छ र हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई भयावह र अमानवीय अवस्थामा राखिएको छ। हामीलाई युद्धविराम, मानवीय सहायतामा वृद्धि, हमासद्वारा सबै बन्धकहरूको रिहाइ र वार्ताको माध्यमबाट समाधान चाहिएको छ ।”
बेलायत र यसका सहयोगीहरूले युद्ध समाधानको लागि यस क्षेत्रमा शान्ति सुरक्षित गर्न दीर्घकालीन योजनामा काम गरिरहेको स्टर्मरले उल्लेख गर्नुभएको छ । दुवै पक्ष वार्तामा विश्वासका साथ संलग्न नभएको र त्यो सम्भावना पनि घट्दै गइरहेको उहाँले बताउनुभएको छ । यसैगरी दुवै पक्ष विनाशको बाटोबाट टाढा रहेमा कूटनीतिक समाधान सम्भव रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
टर्कले शुक्रबार ‘कब्जा गरिएको’ गाजा पट्टीमाथि पूर्ण सैन्य कब्जा गर्ने इजरायली सरकारको योजनालाई तुरुन्तै रोक्न आग्रह गर्नुभएको छ । गाजा पट्टीमा हमासलाई ‘पराजित’ गर्ने योजना अन्तर्गत, इजरायली सेनाले ‘युद्ध क्षेत्र बाहिर नागरिकमा मानवीय सहायता वितरण गर्दा गाजा सहरको नियन्त्रणको तयारी गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।
तुर्कले यो योजना ‘अन्तर्राष्ट्रिय अदालतको फैसलाको विपरीत’ भएको उल्लेख गर्दै प्यालेस्टिनीहरूको आत्म रक्षाको लागि इजरायलले आफ्नो कब्जालाई अन्त्य गरी दुई–राज्यको सहमतिमा समाधानको खोजी गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले इजरायलले यसको सट्टा ‘मानवीय सहायताको पूर्ण, निर्बाध प्रवाह’ लाई अनुमति दिनुपर्ने र प्यालेस्टिनी सशस्त्र समूहहरूले बन्धकहरूलाई बिना शर्त रिहा गर्नुपर्ने विषमा जोड दिनुभएको छ । यसै क्रममा उहाँले इजरायलले पनि हिरासतमा राखिएका प्यालेस्टिनीहरूलाई मुक्त गर्नुपर्ने बताउनुभएको छ ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो