
काठमाडौं । तनहुँ समाज यूकेले नायिका सृष्टि रानाको उपचारका लागि १० लाख ५५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
तनहुँ भिमाद नगरपालिकाको सभाहलमा बुधबार ६ अगस्ट २०२५ (२०८२ साउन २१) आयोजित कार्यक्रममा नायिका रानालाई तनहुँ समाज यूकेले संकलन गरेको सहयोग रकम हस्तान्तरण गरिएको हो । चलचित्र ‘दिलसरा’की नायिका राना स्नायूसम्बन्धी जटिल रोगका कारण गम्भीर बिरामी हुनुहुन्छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य जीतप्रकाश आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्प पराजुली, भिमाद नगरपालिकाका नगर प्रमुख दधीराज सुवेदी, उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, वडाअध्यक्षहरू, विभिन्न राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस्तै दिलसरा चलचित्रको निर्माता हर्क आले, स्क्रिप्ट राइटर मीना थापा, संचारकर्मी मित्रहरुलगायतको उपस्थिति थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा तनहूँ समाज यूकेको प्रतिनिधित्व गर्दै सचिव शोभा गौतम र कार्यसमिति सदस्य डा.प्रकाश गौतमको उपस्थिति थियो ।

कार्यक्रममा तनहुँ समाज यूकेका अध्यक्ष सन्तबहादुर गुरुङ, सम्पूर्ण कार्यसमिति, संरक्षक, सल्लाहकार, भेगीय तथा क्षेत्रीय अध्यक्षहरू, तनहुँवासी तथा अन्य सहयोगीहरूलाई धन्यवाद व्यक्त गरिएको थियो ।
कार्यक्रम सम्पन्न गर्न प्रताप राना र मनोज आलेको विशेष योगदान रहेको आयोजकले जनाएको छ । कार्यक्रमको अन्त्यमा तनहुँ समाज यूके परिवारले सृष्टि रानाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सबै सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गरेको महासचिव महेन्द्र आलेले बताउनुभयो ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु