
लन्डन । बेलायतमा भोजपुरको षडानन्द नगरपालिकाअन्तर्गत साङपाङ देउराली समाजको भेला सम्पन्न भएको छ । शनिबार २ अगस्टका दिन अल्डरसटस्थित माइतीघर रेस्टुरेन्ट समाजको भेला भव्यताका साथ सम्पन्न भएको हो ।
भेलामा नेपालको गाउँबाट आएर बेलायतको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका साङपाङ दाजुभाइ, दिदीबहिनी तथा चेलीहरूको उपस्थिति थियो । ज्येष्ठ नागरिक ९० वर्षीय रनबहादुर राईको उपस्थितिले भेला विशेष र महत्त्वपूर्ण बनेको आयोजकको भनाइ छ ।
बेलायतमा रहँदा र गाउँघरमा आइपर्ने समस्यालाई समेत ध्यानमा राख्दै के-कस्तो सहयोग आदानप्रदान गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो । सोही विषयलाई मध्यनजर गर्दै भेलाले क्याप्टेन बसन्त राईको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ । समिति उपाध्यक्षमा विनायक राई, कोषाध्यक्ष हरि गिरी, इन्चार्ज चन्द्र घले, सहइन्चार्ज संगीता राई तथा सल्लाहकार सदस्य अम्बिर राई र रुद्र तामाङ रहनुभएको छ ।
समिति गठनपछि मनोरञ्जनात्मक कार्यक्रम भएको थियो । तोम्बला खेल्नुको साथै विभिन्न नेपाली चर्चित गीतहरूमा नाचगान गरेर सहभागीहरू रमाएका थिए । सबै जनाले भरपुर मनोरञ्जन गरे भने एकअर्कामा दुखसुख साटासाट पनि गरे । मध्याह्न १२ बजे सुरु भएको कार्यक्रम बेलुकी ११ बजे सम्पन्न भएको थियो ।
भेलाले कार्यक्रम तयारी गर्ने समूह चन्द्र घले, विनायक राईलगायतलाई धन्यवाद ज्ञापनसमेत गरेको थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा