
लन्डन । बेलायत निवासी साहित्यकार माया गुरुङको मुक्तकसंग्रह ‘यात्रा’ लोकार्पण गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युके शाखाको आयोजनामा शनिबार ९ अगस्ट २०२५ का दिन प्लमस्टिडस्थित स्पाइस आइल्यान्डमा आयोजित कार्यक्रममा यात्रा कृतिको सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युके शाखाका अध्यक्ष राज श्रेष्ठ, साहित्यकार माया गुरुङलगायतले यात्रा मुक्तकसंग्रह विमोचन गर्नुभएको हो ।
मायाले पहिलो कृति २०७८ मा जिन्दगी कवितासङ्ग्रह प्रकाशन गर्नुभएको थियो । लगत्तै अर्को वर्ष २०७९ मा ‘बाको जुत्ता’ र ‘ऐना’ एकैपटक लोकार्पण गर्नुभएको थियो । नेपालको स्याङ्जा (होमस्टे गाउँ) सिरुबारी पञ्चमूलमा जन्मनुभएकी साहित्यकार मायाको हाल वेलिङ्, केन्ट, बेलायतमा बस्दै आउनुभएको छ । उहाँले सन् ९० को दशकदेखि फुट्कर कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन गर्दै आउनुभएको हो ।
स्कुल शिक्षिका, आर्मी स्वास्थ्यसेवामा सहायक नर्स, एकाउन्ट फार्ममा सेवा गर्नुभएकी उहाँले राधा फाउन्डेसन नेपालद्वारा नारी रजस्वलासम्बन्धी अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा दोस्रो पुरस्कार प्राप्त गर्नुभयो । अनेसास बेलायतबाट पुरस्कृत गरिने सुप्रमा–ईप्रमा साहित्यिक पुरस्कारबाट पहिलो कृति जिन्दगी कवितासङ्ग्रहका लागि पुरस्कृत बन्नुभयो । कविता वाचन र अन्य कविता प्रतियोगिताहरूमा पनि सम्मान र पुरस्कारहरू प्राप्त गर्नुभएको छ । कवयित्री गुरुङलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नवरत्न पुरस्कारबाट पनि पुरस्कृत गरेको छ ।
कार्यक्रममा सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार श्रीधर खनालको उपन्यास सावर्णिलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो