
लन्डन । बेलायत निवासी साहित्यकार माया गुरुङको मुक्तकसंग्रह ‘यात्रा’ लोकार्पण गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युके शाखाको आयोजनामा शनिबार ९ अगस्ट २०२५ का दिन प्लमस्टिडस्थित स्पाइस आइल्यान्डमा आयोजित कार्यक्रममा यात्रा कृतिको सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युके शाखाका अध्यक्ष राज श्रेष्ठ, साहित्यकार माया गुरुङलगायतले यात्रा मुक्तकसंग्रह विमोचन गर्नुभएको हो ।
मायाले पहिलो कृति २०७८ मा जिन्दगी कवितासङ्ग्रह प्रकाशन गर्नुभएको थियो । लगत्तै अर्को वर्ष २०७९ मा ‘बाको जुत्ता’ र ‘ऐना’ एकैपटक लोकार्पण गर्नुभएको थियो । नेपालको स्याङ्जा (होमस्टे गाउँ) सिरुबारी पञ्चमूलमा जन्मनुभएकी साहित्यकार मायाको हाल वेलिङ्, केन्ट, बेलायतमा बस्दै आउनुभएको छ । उहाँले सन् ९० को दशकदेखि फुट्कर कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन गर्दै आउनुभएको हो ।
स्कुल शिक्षिका, आर्मी स्वास्थ्यसेवामा सहायक नर्स, एकाउन्ट फार्ममा सेवा गर्नुभएकी उहाँले राधा फाउन्डेसन नेपालद्वारा नारी रजस्वलासम्बन्धी अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा दोस्रो पुरस्कार प्राप्त गर्नुभयो । अनेसास बेलायतबाट पुरस्कृत गरिने सुप्रमा–ईप्रमा साहित्यिक पुरस्कारबाट पहिलो कृति जिन्दगी कवितासङ्ग्रहका लागि पुरस्कृत बन्नुभयो । कविता वाचन र अन्य कविता प्रतियोगिताहरूमा पनि सम्मान र पुरस्कारहरू प्राप्त गर्नुभएको छ । कवयित्री गुरुङलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नवरत्न पुरस्कारबाट पनि पुरस्कृत गरेको छ ।
कार्यक्रममा सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार श्रीधर खनालको उपन्यास सावर्णिलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
स्कटल्यान्डसँग नेपाल पराजित
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने