
लण्डन । बेलायतको वारिकसायर काउन्टीमा समुदायिक सेवामार्फत काउन्टीबासीको उन्नत जीवनका लागि महत्त्वपूर्ण योगदान पुर्याएवापत छानिएका १०० जनामा दुई नेपाली मूलका समाजसेवी पनि परेका छन् ।
यसरी छानिनेमा ननिटन निवासी पूर्व गोरखा मेजर श्रीप्रसाद गुरुङ र ममता सुब्बा रहेका छन् ।
ननिटन तथा वेडवर्थका मेयर भीम सारुका अनुसार वारिकसायरभित्रका विभिन्न डिस्ट्रिक, टाउन र पेरिस काउन्सिलबाट छानिएका १०० जनालाई काउन्टीले चेन्जमेकरको सम्मान दिएको हो ।
मेयर सारुका अनुसार बेलायती सेनामा करिब ४० वर्ष सेवा गरेर निवृत्त हुनुभएका गुरुङ ननिटनको नेपाली समुदायको अगुवा हुनुहुन्छ । उहाँले समाजलाई अभिभावकत्व दिँदै आउनुभएको छ ।
यसैगरी सुब्बाले साताको एक दिन समुदायको लागि छुट्याएरै सेवा गर्दै आउनुभएको छ । कहिले योग, कहिले स्वास्थ्य सेवामा उहाँ स्वयंसेवा गर्नुहुन्छ ।
उहाँहरूलाई काउन्टीमा हालै आयोजित एक विशेष समारोहमा काउन्टीका मेयरहरूसमेतको उपस्थितिमा सम्मान गरियो ।

यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने