
काठमाडौँ । नेपालमा नसर्ने मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको छ ।
नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सका डा मनिता प्याकुरेलले नेपालमा नसर्ने रोग बढ्दै गएको बताउनुभयो । तीमध्ये मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको उहाँको भनाइ छ । प्रमुख नसर्ने रोगमा मुटु रोग ३० प्रतिशत, क्यान्सर नौ प्रतिशत र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोग १० प्रतिशत रोग लाग्ने गरेको उहाँले बताउनुभयो ।
नेपालमा आजभन्दा १५ वर्ष अघि अर्थात् सन् २०१० मा कुल मृत्युमध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो । सन् २०१४ मा मृत्युको सङ्ख्या बढेर ६० प्रतिशत पुगेको र सन् २०१६ मा त झन् बढेर ६६ प्रतिशत पुगेको जनाइएको छ । सन् २०१९ मा आइपुग्दा कुल मृत्युको ७१ दशमलव एक प्रतिशत हिस्सा नसर्ने रोगको भागमा परेको ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदनमा उल्लेख छ
नसर्ने रोगको उपचारमा हुने खर्च अत्यधिक हुने गर्दछ र स्वास्थ्य क्षेत्रमा हुने कुल खर्चमध्ये सबैभन्दा बढी खर्च नसर्ने रोगमा नै हुने गरेको देखिएको छ । विश्वमा नसर्ने रोगका कारण वार्षिक ४३ लाख व्यक्तिको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्ममा विश्वव्यापी मृत्यु गराउने पाँच प्रमुख कारण नसर्ने रोग नै हुने अनुमान गरेको छ ।
नसर्ने रोग धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, मद्यपान र वायु प्रदूषणले निम्त्याउने गरेको छ । एलाइन्सका सदस्य तथा स्वास्थ्य पत्रकार सरोज ढुङ्गेलले सरकारले नसर्ने रोगबारेमा आमनागरिकलाई समयमा सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका पूर्व अध्यक्ष रामप्रसाद न्यौपानेले नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न सरकार जतिकै भूमिका पत्रकारको हुने भएकाले नसर्ने रोगबारेमा समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे