
लन्डन । अफगानिस्तानमा बिनाकुनै आरोप छ महिनादेखि हिरासतमा राखिएका वृद्ध बेलायती दम्पती पिटर र बार्बी रेनोल्ड्सको परिवारले उनीहरूको स्वास्थ्यमा आएको गिरावटका कारण उनीहरूको जीवन खतरामा परेको बताएका छन् ।
उनीहरूका छोरा जोनाथन रेनोल्ड्सले भन्नुभयो, “मलाई थाहा छैन, उनीहरू अझै जीवित छन् कि छैनन् । जुन १५ मा अन्तिम फोन कल भएको थियो त्सपछि उहाँहरूसित कुराकानी भएको छैन ।” अफगानिस्तानमा महिला शिक्षाका लागि काम गर्दै आएका ८० वर्षीय पिटर रेनोल्ड्स र उहाँकी ७६ वर्षीया श्रीमतीलाई गत फेब्रुअरीमा चिनियाँ अमेरिकी साथी फेय हल र एक अफगान अनुवादकलाई पक्राउ गरिएको थियो ।
सन् १९७० मा काबुलमा विवाह बन्धनमा बाँधिएका यी दम्पतीले अफगानिस्तानमा बसाइँ सरेपछि शैक्षिक कार्यक्रम सञ्चालन गर्दै करिब दुई दशक बिताएका छन् । उनीहरू आधिकारिक अफगान नागरिक पनि बनेका छन्।
तालिवान अधिकारीहरूले मध्य बामियान प्रान्तमा रहेको आफ्नो घर फर्कने क्रममा गत फेब्रुअरीमा ती दम्पतीलाई किन पक्राउ गरियो भन्नेबारे विस्तृत जानकारी दिन अस्वीकार गरेका छन्।
संयुक्त राष्ट्रसङ्घका विज्ञहरूका अनुसार काबुलको गुप्तचर सेवामा स्थानान्तरण गर्नुअघि उक्त जोडीलाई सुरुमा अधिकतम सुरक्षा सुविधामा राखिएको थियो, त्यसपछि भूमिगत र अँध्यारा कक्षहरूमा राखिएको छ ।
जुलाईको अन्त्यमा, स्वतन्त्र संयुक्त राष्ट्र मानव अधिकार विशेषज्ञहरूले तालिबानलाई उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा ‘तीव्र गिरावट’ को चेतावनी दिँदै उनीहरूलाई मुक्त गर्न आह्वान गर्दै उनीहरूको ‘अपूरणीय क्षति वा मृत्युको जोखिम’ रहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले ती वृद्धवृद्धाका छोरासँग उनीहरूको आवाजमा नै सन्देश पठाएको भएपनि यसबाट रेनोल्ड्स आफ्ना मातापिताको अवस्थाबारे आश्वस्त हुनुभएको छैन ।
४५ वर्षीय रेनोल्ड्सले शिकागोस्थित आफ्नो घरबाट भिडियो कलका क्रममा एएफपीसँग भन्नुभयो, “तपाईंले उनीहरूको उमेरबारे ख्याल गर्नुपर्छ।”
ती दम्पतीका छोराछोरीले उनीहरूको रिहाईको लागि अभियान चलाउन फ्री पिटर र बार्बी नामक एक वेबसाइट स्थापना गरेका छन्, जसले उनीहरूलाई कति दिन हिरासतमा राखिएको छ भनेर गणना गर्दछ। हिरासतमा लिइएयता पिटर रेनोल्ड्सको आँखामा दुई पटक सङ्क्रमण हुनुका साथै टाउको र बायाँ पाखुरामा कम्पन आएको संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले बताएका छन् ।
तालिबान सरकारका उच्च कूटनीतिज्ञ विदेशमन्त्री अमिर खान मुत्ताकीले ती दम्पतीको स्वास्थ्य उपचार भइरहेको बताउनुभएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य