
काठमाडौँ । नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटमा जित हासिल गरेको छ ।
भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई १–० गोलले हराउँदै जित हासिल गरेको हो । योसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ ।
पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो । यस जितसँगै नेपालले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी एसियन कपमा छनोट हुने सम्भावनालाई कायमै राखेको छ । त्यस्तै, यस हारसँगै साउदी भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपालको जितमा सुक्रिया मियाँले गोल गरिन् । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाइन् । अब नेपालले आइतबार उत्तर कोरियासँग खेल्नेछ ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ