आज हाम्रो देश नेपाल विश्वको खेल मैदान बन्दैछ
देशका राजनेताहरु विदेशी राष्ट्रहरुको भकुण्डो बन्दैछन्
देश खेल मैदान, नेताहरु भकुण्डो
विदेशी राष्ट्रहरु खेलाडी बनेर गोलपोष्टतिर गोल हान्दैछन्
यी भकुण्डो बनेका नेताहरु कि उत्तरतिर कि त दक्षिण भागतिर छिर्दैछन्
उत्तर वा दक्षिण जता छिरे पनि ठिकै नै थियो
तर देशलाई संकटकालमा धकेली दिए
देशभक्त नेताजीहरुले देशलाई बन्धकीमा राखी आफनो स्वार्थ लुट्नसम्म लुटेछ
हिजोसम्म थियौ तिमी गंगाजल झंै पवित्रभूमि
तर आज तिम्रो अस्मिता नै लुटाइ सकेको छ
आफ्ना स्वार्थ पूरा गर्नको लागि यी धुपौरेहरु
जे पनि गर्न तयार रहेछन्
देशका नदीनाला बेचिसके तिमी जस्तीको पवित्र अस्मिता पनि लुटाइ सकेछन्
अब बाँकी के रह्यो र बस् साथमा रहेको एउटी श्रीमती
थाहा छैन जनतालाई कुन दिन कुन विदेशीलाइ सुम्पिने हो आफ्नै साथमा रहेको श्रीमती पनि
यी देशका भनाउँदो देशभतm धुपौरे नेताको कत्ति छैन
भरोसा हरे,
धमिजा, लाउडा काण्डदेखि गुण्डागर्दी गर्नसम्म गरे
चरी, घैंटेको ओतप्रोत लागी चुनाव प्रचारप्रसार गरी चुनाव जिते
आखिर चरी, घैंटे पुलिसको इन्काउन्टरमा परी मर्दा परिवारले छाती पिटे
बुद्ध जन्मेको शान्तिको देश आज भयो तिम्रो यो गति
हजारौं सहिदहरुको बलिदान चढाएको हाम्रो देशको यो गति
हिजो संविधान नबन्दासम्म बकबास गर्दै हिंडे जातीय पहिचानको नारा
संविधान बनिसके महंगो महंगो ह्व्स्किी ब्राण्डीमा चुस्की लगाउने के पारा
हे मुर्ख जनता हो आफ्नो स्वार्थ पूर्तिको लागि किन छान्यौ ती भ्रष्ट नेतालाई
छैन माया आफ्नै जोइ, छोराछोरीको किन गर्थे माया देश र जनतालाई
हिजोसम्म सबैले पूज्दथे ब्रहम, विष्णु, महेश्वर भनी
तर आज हामी सबैले भन्नुपर्ने भयो काल्पनिक इतिहास हो भनी
चौध अंचल, पचहत्तर जिल्ला हँुदा जनता हाँसीखुसी नै बस्दै थिए
तर आज मगरात, तमुवान, तामसिलिंग, लिम्वुवान, खुम्वुबान, मधेशी भन्दै जातीय विवादमा धकेलिदिए
थाहा छैन देशका जनतालाई यी धुपौरे नेता रहेछन् विदेशीको पिए
जीउदो छालालाई भकुण्डो बनाउन पाउँदा विदेशी खेल्न मच्चिए
२४ फेब्रुवरी २०१६
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ