भैरहवाबाट राजधानी पाइला चाल्दै गर्दा उनी १६ की कलिली थिइन् तर महत्वांकाक्षा परिपक्व । राजधानी आएर उच्च शिक्षाबाहेक रंगीन दुनियामा रम्ने उनको सपना अहिले केही हदसम्म पुरा पनि भएको छ । ‘तर, संघर्ष अझै जारी छ’, दुईवटा म्यूजिक भिडियो गरिसकेकी १९ वर्षीया प्रियंका सिंह भन्छिन्, ‘सिनेमा र मोडलिङको व्यवसायिक विकासले थप आशावादी छु ।’
घरकी एक्लो छोरी उनलाई पारिवारिक साथले पनि यस क्षेत्रमा होमिन खासै अप्ठेरो परेन । रंगीन दुनियामा ‘सम्झौता’ शब्द खुब सुन्नु परेपनि प्रियंकालाई कसैबाट शोषित हुनुपर्ने अवस्था आएको छैन् । ‘आफूमा पनि भर पर्ने कुरा हो’, यौन शोषणको जोखिमबारे उनी प्रष्ट छिन् ।
दुई वर्षअघि मानव सुवेदीको कसैले… र त्यसको वर्ष दिनपछि गोपाल बानिया क्षेत्रीको दुई चुल्ठी…बोलको गीतमा मोडलिङ गरेपछि प्रियंकालाई ख्याती होइन, आत्माविश्वास चाहिं बढेछ । ‘अवसर पाए केही गर्न सक्छु भन्ने आत्माविश्वास बढेको छ’, उनले सुनाइन् ।
नाचकी सौखिन प्रियंका अहिले ब्युटिसियन तालिममा व्यस्त छिन् । फूर्सदमा जुम्बा डान्स र फिटनेसतिर उनको समय बितिरहेको छ । अडिसन र फोटो सुटले पनि केही समय लिइरहेको उनले जनाइन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा