बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: ००:१४ | UK Time: 19:29

जीवनशैलीमा अडेको छ मानिसको आयु

वीनेपाली
२०७१ चैत ९ गते १६:५८

 

265417_10150241950363963_541360_o

अर्को दिन शुरु भयो, आशा, उमंग उत्साहको बिज लिएर अघि बढ्नु नै छ । राम्रो  बिजान्कुर रोपे नै फल त्यहि अनुरुप पाउने हो । हिजो र आजमा  धेरै फरक हुन सक्छ । जीवनको मतलव के हो भनेर सोध्दा सबैका आ-आफ्ना बिचार र अनुभूतिहरु छन् । कोहि  प्रश्न गर्छन: जिन्दगीको मतलब  दु:ख, दर्द र फुस्रो आशा मात्रै होइन ? किन ठूला ठूला सपना हृदयमा राख्दै अनन्त यात्रामा पुगी हामी सुखी हुन खोज्छौ ? मर्ने चोलामा मानिसहरू तँछाड र मछाड गर्दै धन किन जम्मा पार्छन होला ?  धनले वैमनस्य, जीवनले आशु, र सपनाले विछोड बाहेक अरु केही नदेख्ने पनि छन् भने कोहि जीबन भनेको अनुपम क्षण हो, यो अमुल्य छ, त्यसैले हर दिन उत्सब को रुपमा मनाउनु पर्छ, वैमनस्य हटाउनु पर्छ, भाइचाराको बिकाश गर्नु पर्छ भनेर जीउने पनि छन्  । सवैले आ–आफ्नै परिस्थिति परिवेश अनुरुप नै व्याख्या त गर्ने हो । धनि, गरिव, विरामी, विद्वान सवैको आ–आफ्नै विचार र विवेचना हुन सक्छ ।

जे होस डिसेम्वरको ठण्डी, कोठाको पर्दा खोलें र बाहिर नजर लगाएं । उही अध्यारो वेखुसी मौसम बाहेक दुइवटा पहेलो रंगका ठूला–ठूला ट्रक देखें । घर अगाडिको सडकमा एक विहानै यत्रा अजंकका ट्रकका ट्रकहरू देखेर मलाई अलि कौतुहल बनायो । किन आज यति सवेरै यस्तो मेसीनको यहा जरुरी पर्‍यो होला भनेर त्यसतर्फ मेरो ध्यान गयो । पहेला रंगका ज्याकेट लगाएका, साह्रै नै फोहर पाइन्ट पहिरेका, ठूला बुठ जुत्ताका तनाहरू फुस्केका दुइजना विशुद्द गोरा, आखिभौं पनि कैला भएकालाई मैले अभिवादन गरें ।

झर्केर “ठिक छ” भनेर जवाफ फर्काए । यिनीहरूको गफ गर्ने चाहना नभएर पनि मैले सोधे किन एक विहानै यत्रो गाडीहरूको जरुरत पर्‍यो, अहिले के गर्न लागेको ? मोवाइल फोन झिक्दै भन्यो कि धेरै घरहरूको नालिजाम भएको रहेछ, हामीहरूलाई जाम हटाउन वोलाएकोले हामीहरू आयौं धेरै घरको एकचोटी गर्दा सवैलाई सस्तो पर्ने हुनाले जहाँ पनि हामी प्राय धेरै घरको एकै पल्ट गर्दछौं ।

मैले भने यसरी नालि जाम हुनुको कारणमा कि जवरजस्ती ठूलो चिज नालिमा कोचिनु पर्‍यो अथवा मानसिहरूले धारामा छान्ने नराखी सामान वगाएर वन्द हुने गर्छ हैन भनेर सोधें ।

उसले मुन्टो हल्लाएर जुगांमा ताउ लगाउदै भने, यो दुवै होइन, मुख्य नालि जाम हुने चिल्लोले हो, जति चिल्लो धाराबाट वगाइन्छ उति उति नालिमा थुप्रिदै जान्छ, केही समय पछि नालिमा अत्याधिक चिल्लो जम्मा भइ पानी पास हुन सक्दैन, यो जम्मा भएको चिल्लो या भनौ वोसो यति जमठ हुन्छ कि साधारण खोतलेर या पानी हालेर समाधान हुदैन अनि हामीलाई वोलाउदछन । उनले फेरी भने जसले धेरै चिल्लो फाल्छ, उसको नालि चाडै भरिन्छ । त्यसकारणले चिल्लोको मात्रा कम गरेमा नालि खोल्ने पैसाको विल पनि कम हुन्छ । अनि खुव हास्दै भने जति चिल्लो हाल्छन उति हामीले काम पाउंछौ, पैसा कमाउंछौ, यत्रो मेशिनहरू छन, पेट्रोल अरु खर्चहरू छन, हामीलाई काम चाहिन्छ, मान्छेहरूलाई सेवा, यहि भएर यत्रो वर्षदेखि हाम्रो व्यवसाय चलिआएको छ ।

फेरी मैले सोधे तिमीहरूसँग कस्तो प्रविधि छ यो खोतल्ने, के के हाल्छौ ? उसले वाक्क भएर टाउकोको हेलमेट मुसारेर भने, होइन यो सवै जानकारी तिमीलाई किन चाहियो ? नालि खोतल्ने काम गर्ने इच्छा छ कि क्या हो ? यस्तो गन्ह्राउने काम गर्न सक्छौ र ? मैले खिसिक्क निर्दोष हाँसे।

उनले फेरी भन्न थाले हामीले कुनै ठूलो केमिकल हाल्न होइन, यो हाल्न पनि पाइदैन, यो पानीको फोहराले नै सवै काम गर्दछ भनेर मलाई कैचे जस्तो पाइपको टुप्पोमा भएकोलाई देखाएं । उनले भनेको पानीको यो फोहरा यति धारिलो हुन्छ की जस्तो सुकै चिल्लोको जमठलाई पनि काट्छ, गतसाल हाम्रो काम गर्ने साथिको दुर्घटनावश खुट्टामा यो फोहरा गर्न गइ खुट्टा नै पुरै भाचियो, अलि धेरै वेर गरेको भए पुरै काटिने थियो, फोहरा यति बल सँग आउछ कि अर्थोक कुनै केमीकल नै चाहिदैन भनेर मलाई पाइप नालिमा धुसार्दै जाने प्रविधि पनि सिकाए । नालिमा पाइप राखेपछि व्याट्रीको सहायताले वटन दवाउने वितिक्कै सुरुसुरु जांदोरहेछ अनि पानीको फोहराले समय समयमा ठाउ वनाउदै खोतल्दै जाने रहेछ । एक छिनमा नै नालि खोलिदोरहेछ र पानी पुन: पास हुंदोरहेछ ।

मैले यो नालि खोल्न गरिएको कामलाई एन्जियोष्लाटि ठानिरहेको छु, यि दुइ विशुद्ध गोराहरू अपरेशन गर्ने डाक्टर, यि ठूला ट्रकहरू अपरेशन गर्ने कोठा अनि नालि विरामी ।  मैले सिकेको शिक्षा अनुरुप कोरोनरी मुटु रोग लाग्नु र नालि थुनिनु करिव करिव एकै हो । दुवैको कारण चिल्लो बढी थुप्रिएर रगत पूर्ण पास नहुने मुटुमा र नालिमा पानी बग्न नसक्नु । शब्द फरक प्रयोग गरिएका छन तर रोग अनि उपचार एउटै हो । मुटुको रगत पास गर्ने नलिमा आएर जम्मा हुने चिल्लोलाई आर्थोरोमा  भनिन्छ भने नालिमा जम्मा भइ पानी वग्न नदिने चिल्लोलाई वोसो भनिन्छ । मुटुमा रगत पुन प्रवाह गर्नलाई स्टेन्ट हालेर ठेकाको काम गर्छ भने नालिमा पानीको फोहरा प्रयोग गरी उक्त चिल्लोलाई हटाइन्छ । जति चिल्लो पुन खायो उति मुटुको रोग लाग्ने जोखिम बढ्छ, त्यसै जति चिल्लो नालिमा खन्यायो, उति नै भविष्यमा चाडै थुनिने संभावना रहन्छ । डाक्टरले भने बमोजिम समयमा नै सजग भएर अथवा समयमा औषधी खाएमा मुटुको रोगको जोखिम कम गर्न सकिन्छ, त्यस्तै नालिमा पनि सजकता अपनाएर तातोपानी या अरु साधारण केमिकल कहिलेकाही हालेमा जाम  हुने कम हुन्छ । जुन चिज प्रति जति सजक भयो त्यति नै यसको कम जोखिम हुने हो । हाम्रो शरीरलाई या नालिलाई जति रद्धिको टोकरी बनाइ फोहर फाल्ने ठाउँ बनाइन्छ, उति नै रोग अनि उपचारको जरुरी पर्दछ ।

ड्रेन बिरामी हुने बोसो र अन्य कुरा कोचेर भएजस्तै हाम्रो  मुटुका रोगको जोखिमहरू उच्च धुमपान, रक्तचाप, मधुमेय, उच्च कोलेस्ट्रोल, परिवारको इतिहासमा मुटुरोग आदि हुन् । मोटो शरीरले धेरै किसिमका स्वास्थ्यको जोखिम बढाउछ र यसको लागि आफ्नो स्वास्थ्यको नम्बर थाह पाई त्यहि अनुरुप जीबन शैली परिबर्तन गर्नु जरुरि हुन्छ र  दिनको आधि घण्टा जोगिंग या पैतालिस मिनेट छिटो हिडे हरेक किसिम का फाइदाहरु पाइन्छने । हर एक जोखिमका तत्वहरूलाई ध्यानमा राखि जीवनशैली नै सदा त्यहि अनुरुप ढाल्नु नै उपयुक्त रहेछ । एकछिन २/४ महिनाको लागि खुव ध्यान दिने त्यसपछि लत्ता छोड्नु भन्दा सानो कुराको हर समय परिवर्तन गर्नु नै लाभदायक हुन्छ ।

ड्रेनलाई हेर्दै मेरो अन्तास्करणले बार्तालाप गरिरह्यो । यसबाट छुट्कारा पाउन म जगिंग गर्न हिडे । नालीको उपर दया आयो । बिचारालाई कति आपत पर्यो होला !!!

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक