
काठमाडौं । नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित हुनुभएको छ । काठमाडौँमा सोमबार साँझ सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उहाँ १९६ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए । अध्यक्षका प्रत्यासी तथा निकटतम प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिनुभएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध चयन हुनुभएको छ । साथै उपाध्यक्ष महिलामा सीता रानामगर, खुलातर्फ कविराज मगर र तेजबहादुर आलेमगर, उपाध्यक्ष सांस्कृतिकतर्फ दीपसागर मगर, उपाध्यक्ष मगर ढुटमा हर्क आलेमगर, मगर खाममा जीवन प्रवेश रोकाय मगर र मगर काइकेमा भीम मगर निर्वाचित हुनुभएको छ ।
महासचिवमा होमराज खपाङ्गी मगर, उपमहासचिव महिलातर्फ मञ्जु थापा मगर, उपमहासचिव खुलामा सिद्धान्त जर्घा मगर, खगेन्द्र पुनमगर र हिरूसरा रानामगर निर्वाचित हुनुभएको छ । सचिवमा विष्णुबहादुर रानामगर, सचिव झविन्द्र पुनमगर र तारामाया थापा मगर निर्वाचित हुनुभएको जनाइएको छ ।
साथै कोषाध्यक्षमा पूर्ण राना मगर र सह–कोषाध्यक्षमा गायत्री मगर, लेखा संयोजकमा योवनकुमार राना मगर र निर्वाचन समिति संयोजकमा धर्मबहादुर घर्ती मगर निर्वाचित हुनुभएको निर्वाचन मण्डलका सदस्य अधिवक्ता मनोज घर्तीमगरले जानकारी दिनुभएको छ ।
साथै सदस्यहरुमा जुनु पुनमगर, गिरमान गाहा मगर, रमेश पुनमगर, इन्द्र सारू मगर, रमेश थापामगर, महेश राना मगर, तारा राईका मगर र लक्ष्मी मगर निर्वाचित हुनुभएको छ ।
यस्ता छन् नवनिर्वाचत कार्यसमिति
अध्यक्ष:- रक्षाबहादुर रैका मगर
वरिष्ठ उपाध्यक्ष:- टेक नाम्जाली मगर रैका
उपाध्यक्ष:- (खुल्ला) कविराज राज मगर
उपाध्यक्ष्य:- (खुल्ला) तेजबहादुर आले
उपाध्यक्ष:- (महिला) सीता राना मगर
उपाध्यक्ष्य:- (सांस्कृतिक) दीपसागर मगर
उपाध्यक्ष्य:- (मगर ढूट) हर्क आले मगर
उपाध्यक्ष्य:- (मगर खाम) जीवन प्रवेश मगर
उपाध्यक्ष्य:- (मगर काइके) भीम रोकाय मगर
महासचिव:- होमराज खपांगी मगर
उपमहासचिव:- (महिला) मञ्जु थापा मगर
उपमहासचिव: सिद्धान्त जर्गा मगर
उपमहासचिव:- खगेन्द्र पून मगर
उपमहासचिव: हिरू सरा राना मगर
सचिव:- विष्णुबहादुर राना
साचिव: झविन्द्र पुन मगर
साचिव:- तारा माया थापा
कोषाध्यक्ष:- पूर्ण राना मगर
सह-कोषाध्यक्ष:- गायत्री मगर
लेखा संयोजक:- योवनकुमार राना मगर
निर्वाचन समिति संयोजक:- तेजबहादुर घर्ती मगर
खुल्ला सदस्य:- जुनु पुन मगर
खुल्ला सदस्य: गिरमान गाहा मगर
खुल्ला सदस्य:- रमेश पुन मगर
खुल्ला सदस्य:- इन्द्रबहादुर सारू मगर
खुल्ला सदस्य:- रमेश थापा मगर
खुल्ला सदस्य:- महेश राना मगर
खुल्ला सदस्य:- तारा राईका मगर
खुल्ला सदस्य:- लक्ष्मी मगर
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]