लन्डन । जमाना फेशनको छ । नेपालका तन्नेरीहरु समेत अब समयानुकुल फेशन स्टाइलमा बेखवर रहेनन् । फेशन डिजाइनिङमा डेढ दशक बढि समय बिताइसकेकी फेशन स्टाइलिष्ट एवं डिजाइनर निलिमा शर्माको लामो अनुभवले भन्छ, ‘नेपालमा पनि नयां नयां फेशन अपनाउने प्रचलन बढेको छ । तर, अधिकांशमा अझै फेशन बुझ्ने चेतनास्तर कमीले यो क्षेत्र फष्टाउन बांकी छ ।’
यतिखेर न्यूयोर्कमा छन् निलिमा । उनको यसपटकको न्यूयोर्क घुमाइ केवल आफन्तजन भेटघाट र मनोरञ्जनमा मात्र सिमित छैन् । अमेरिकामा नेपालीहरुको जनसंख्या वृद्धि भइरहंदा निलिमाले आफ्नो क्रियटिभ फेशन स्टाइल अमेरिकावासी नेपालीमाझ समेत प्रबर्धन गर्न समय खर्चिरहेकी छिन् । ‘अमेरिकाका नेपालीलाई आफ्नो मौलिक नेपाली भेषभुषा उपलव्ध गराउनेबारे सम्भावनाको खोजी गरिरहेकी छु’, उनले न्यूयोर्कबाट भनिन् ।
वाल्यकालदेखिनै ड्रेसअपमा धेरै सौखिन थिइन् निलिमा । साथीभाइ, नेपाली संकुचित समाजले जे भनोस्, उनलाई वास्ता थिएन । कानमा ठूलठूला रिङ हुन्थे, आमाको सारी लगाएर यतायता डुल्थिन् उनी । अवोध वालिका हाइ हिलमा ठांटिएर हिंड्दा धेरैको नजर उनीमाथि पथ्र्यो । सानैदेखि आफूलाई सधैं पृथक स्टाइलमा उभ्याउन चाहने उनलाई सिनेमाको हिरोइन बन्ने भुत सवार भएको थियो वाल्यकालमा । तर, समयले उनलाई एक्सन कट होइन, भेषभुषामा रंग र बुट्टा भर्ने काम सिकाएको छ, अर्थात एक नामी फेशन स्टाइलिष्ट र डिजाइनर बनाएको छ ।
अहिले नेपालमा औंलामा गन्न सकिने फेशन स्टाइलिष्ट एवं डिजाइनरमध्ये उनको नाम अग्रपंक्तिमा छ । नमुना कलेज अफ फेशन टेक्नोलोजीकी ग्रयाजुएट उनको सन् २००९ मा सिटी सेन्टरमा स्थापित निलिमाज् फेशन स्टुडियो अहिले नयां बानेश्वरबाट चालु छ । चाहे सेलिब्रेटी हुन्, चाहे काठमाण्डौंका धनाढ्य । आधुनिक फेशनका पारखी निलिमाको कलात्मक डिजाइनबाट अत्यधिक प्रभावित छन् ।
‘विश्व बजारमा फेशनका नयां आयामलाई म नजिकबाट नियालिरहेको हुन्छु, पत्रपत्रिका पढ्छु र केही नयां कुरा सिक्न लालयित भइरहन्छु’, उनी सफलताको कारण प्रष्ट्याउंछिन् । फेशन दुनियांमा उनको परिकल्पना क्षितिज ज्यादै फराकिलो छ । यसप्रतिको उनको लगाव अब सजिलै मेटिने छैन् अर्थात उनी सकुन्जेल यही क्षेत्रमा लागिरहनेछिन् ।
निलिमाको पाइला नेपाली सिनेमातिर पनि बढेको छ । उनले हालसम्म के यो माया हो, वान वे, कवड्डी, टलक जंग भर्सेज टुल्के, देश खोज्दै जांदा, फेसबुक, भिजिलान्ते, आभास, बितेका पल लगायत फिल्मका लागि फेशन डिजाइनिङ गरिसकेकी छन् ।
निलिमाको क्रियशनको सही मुल्यांकन समेत भइरहेको छ । नेपाल चलचित्र प्राविधिक संघले वर्षेनी एक जना उत्कृष्ट कस्ट्युम डिजायनरलाई प्रदान गर्ने नेफ्टा अवार्ड २०१३ र २०१४ जितिन् उनले फिल्म के यो माया हो र बितेका पलका लागि । फिल्मी खबरले प्रदान गर्ने २०१४ सालको पपुलर कस्ट्युम डिजाइनरको अवार्ड पनि उनले ग्रहण गरिसकेकी छिन् । यस अलवा डि सिने अवार्ड अन्तर्गतको इन्करेज्मेन्ट अवार्ड २०१४ देखि सगरमाथा प्रतिष्ठानले प्रदान गर्ने कस्टयुम विद्याको नेपाल सम्मान समेत निलिमाको पोल्टामा परिसकेको छ । आफैं फेशन पढेको नमुना कलेजले समेत उनलाई हालै मेरिटोरिओस् अवार्ड प्रदान गरेको छ ।
अरु धेरैको फेशन डिजाइन गर्ने उनी आफू चाहिं कस्तो पहिरन मन पराउंछिन् ? उनकै शब्दमा, सारी र इभिनिङ गाउन, एक्सेसोरिज् र ज्वेलरी औधि मन पर्छ मलाई ।
सन् २०१० को टिजिफ फेशन विकमा निलिमाको अद्भूत सफलतालाई धेरैले तारिफ गरेका थिए । भर्सटायल निलिमा फेशन स्टाइलिष्ट र डिजाइनर मात्र होइनन्, उनलाई गायनमा पनि उत्तिकै सोख छ । देश विदेश घुम्नु उनको अर्को सौख हो जसले निलिमा आफूलाई धेरै क्रियटिभ हुन सघाएको बताउंछिन् ।
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते