
काठमाण्डौं । नेपाली समाजमा विद्यमान धनी र गरिवबीचको विभेद चित्रित गर्ने एउटा पुरानो नाटक हालै काठमाण्डौं राष्टिय नाचघरमा मञ्चन गरिएको छ । माउण्ट फायर मिडिया प्रा. लि. को आयोजना र माउण्ट फायर थिएटर ग्रुपको प्रस्तुतिमा २००४ मा लिखित उक्त नाटक मञ्चन गरिएको हो ।
कुमार सिम्खडाको संयोजनमा मञ्चित नाटकका रचयिता विजय मल्ल, निर्देशक सुरज अधिकारी र सहायक निर्देशक आदर्श घिमिरे हुन् । नाटकमा कलाकारहरु कुमार सिम्खडा, आदर्श घिमिरे, सुरज अधिकारी, एभोनराज उप्रेती, रोज लामा, आदर्श खनाल, सुजन तामांग, रिजेन थापा, राजेश बुढाथोकी, सन्तकुमार राई, सुरज तामांगले अभिनय गरेका थिए ।
नाटक हेर्न वरिष्ठ लेखक तथा निर्देशक मोहन निरौला, प्रचण्ड मल्ल, नवराज लम्साल, पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा, ताराप्रसाद वस्ती, मादी थापा लगायत प्लस टु अध्ययनरत विद्यार्थी सहभागी थिए । उक्त नाटकले धनी र गरिवको वर्गीकरण हुन नहुने र गरिवलाई समेत सम्मानजनक व्यवहार गरिनुपर्नेमा जोड दिएको छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?