अबुधावी । नाइँ, मलाई त्यही केटी चाहिन्छ.. भन्दै नेपाली संगीत क्षेत्रमा १५ वर्षअघि पाइला चालेका प्रकाश पौडेलले रोजगारीको क्रममा यूएईमा रहेर पनि संगीतलाई भुल्न सकेका छैनन् ।
रुन्चे गायकको रुपमा चिनिने प्रकाश विगत पाँच वर्षदेखि सेन्चुरी कमर्सियल बैंकको प्रतिनिधिका रुपमा यूएईमा काम गर्नुका अतिरिक्त फुर्सदको समयमा गीतसंगीतको सिर्जना, साधना र साप्ताहिक रुपमा आयोजना हुने सांगीतिक कार्यक्रममै गीत गाउन व्यस्त छन् ।
थ्री मच नामको एल्मबको अत्यधिक सफलतापछि प्रकाशले आफ्नो एल्बमको ब्रान्डलाई निरन्तरता दिँदै आठौं एल्बम एट मच रिलिजको तयारीमा छन् ।
आज रातभरि नाचिन्छ.. बोलको गीत लगायत अन्य आठ वटा गीतहरुको कलेक्सन एल्बम आगामी फेब्रुअरीको पहिलो सातामा सार्वजनिक गर्ने प्रकाशले बताएका छन् । भोलि छुट्टी मकै भुट्टी..जस्ता शब्द रहेको प्रकाशको उक्त एल्बममा डान्सिङ, कमेडी, लोक तथा पप गीतहरु रहने उनलेे बताएका छन् ।
आफ्नै शब्द र संगीत रहेको उक्त एल्बममा जेम्स प्रधानले एरेन्जरको भूमिका निर्वाह गरेका छन् । सलाम आलेकुम र हाहाहाहा जस्ता गीतहरुको सफलता र म्युजिक भिडियोको सुटिङ दुबईमै गरिसकेका प्रकाशले यस एल्बमको एक गीतको म्युजिक भिडियो दुबई र अबुधाबीमा सुट गर्ने बताएका छन् । आज रातभरि नाचिन्छ.. बोलको गीतलाई प्रकाशले भेभो नामको म्युजिक साइटमा दर्ता गराएका छन्, भेभोमार्फत् बज्ने यो पहिलो नेपाली गीत भएको उनको दाबी छ ।
अडियो सुन्नुहोस् :
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते