अबुधावी । नाइँ, मलाई त्यही केटी चाहिन्छ.. भन्दै नेपाली संगीत क्षेत्रमा १५ वर्षअघि पाइला चालेका प्रकाश पौडेलले रोजगारीको क्रममा यूएईमा रहेर पनि संगीतलाई भुल्न सकेका छैनन् ।
रुन्चे गायकको रुपमा चिनिने प्रकाश विगत पाँच वर्षदेखि सेन्चुरी कमर्सियल बैंकको प्रतिनिधिका रुपमा यूएईमा काम गर्नुका अतिरिक्त फुर्सदको समयमा गीतसंगीतको सिर्जना, साधना र साप्ताहिक रुपमा आयोजना हुने सांगीतिक कार्यक्रममै गीत गाउन व्यस्त छन् ।
थ्री मच नामको एल्मबको अत्यधिक सफलतापछि प्रकाशले आफ्नो एल्बमको ब्रान्डलाई निरन्तरता दिँदै आठौं एल्बम एट मच रिलिजको तयारीमा छन् ।
आज रातभरि नाचिन्छ.. बोलको गीत लगायत अन्य आठ वटा गीतहरुको कलेक्सन एल्बम आगामी फेब्रुअरीको पहिलो सातामा सार्वजनिक गर्ने प्रकाशले बताएका छन् । भोलि छुट्टी मकै भुट्टी..जस्ता शब्द रहेको प्रकाशको उक्त एल्बममा डान्सिङ, कमेडी, लोक तथा पप गीतहरु रहने उनलेे बताएका छन् ।
आफ्नै शब्द र संगीत रहेको उक्त एल्बममा जेम्स प्रधानले एरेन्जरको भूमिका निर्वाह गरेका छन् । सलाम आलेकुम र हाहाहाहा जस्ता गीतहरुको सफलता र म्युजिक भिडियोको सुटिङ दुबईमै गरिसकेका प्रकाशले यस एल्बमको एक गीतको म्युजिक भिडियो दुबई र अबुधाबीमा सुट गर्ने बताएका छन् । आज रातभरि नाचिन्छ.. बोलको गीतलाई प्रकाशले भेभो नामको म्युजिक साइटमा दर्ता गराएका छन्, भेभोमार्फत् बज्ने यो पहिलो नेपाली गीत भएको उनको दाबी छ ।
अडियो सुन्नुहोस् :
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा