आफैंमा मनको लड्डु, घिऊ संग चपाएर
नमान्ने आफूलाई मान्छे, कोशौ टाढा धपाएर ।
ठुला मानिस आफैंमा, ठालु कसरी बन्दछन्
मलाई अब अरुले गन्नु पर्दछ भन्दछन् !
द्रव्यको दुनिया भित्र, काम शक्ति छिराउंदै
छिचोल्न नसकी बाटो, गन्तव्यको बिराउंदै ।
लक्ष त्यो हो कता पुग्ने, आफै भित्र हराउंदै
पाइँ मा अगाडी जोड्ने “म” हो भन्दै कराउंदै !
पराया आफ्नो बन्दछ, जो उसलाई जय भन्दछ
आफनै स्तुतिको कमी, जीवनको भय बन्दछ ।
अहंकारी बनि मानव, चल्तीको गतिको मन्द छ
सतहको डुबुल्कीले , आफ्नै खाडल खन्दछ !
बिचरा के थाहा उसलाई, सागरको पिंधेरी कता
भेटिदैन कतै जल उधिनेर शिर यता ।
बलेको बेलामा आगो, प्रिय बने सरी गरी
मान्नुस् भनेर महात्मा बनिदैन कसैगरी !
२२ डिसेम्बर २०१४
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित