लन्डन । लोकप्रिय हांस्यकलाकार सिताराम कट्टेल अर्थात धुर्मुस्ले निर्देशन गरेको गायक प्रमोद खरेलको गीत ‘मनै कन्ट्रोलै हुदैन्…’ मा मोडलिङ गरेपछि धेरैले मोडलका रुपमा चिने सालु गौतमलाई । सिंगापुर, लन्डन हुंदै पोर्चुगल पुग्दा आठ वर्षमा आफ्नो परिचय बेली डान्सर र नेल आर्टिष्टका रुपमा बनाएकी उनी केही महिना अघि नेपाल फर्केर एकाएक मोडलको अवतारमा झुल्किइन् । धेरैतिर उनका तस्विर छापिए । तर, उनी अब यत्तिमै सिमित नहुने भएकी छिन् । आफ्नै शव्द र संगीतमा उनको पहिलो गीति एल्बम ‘दिपशिला’ बजारमा आउने अन्तिम तयारीमा छ । फाष्ट, आधुनिक र रोमाण्टिक खालका ६ गीत समावेश गरेर उनले पहिलो संग्रह ल्याउन लागेकी हुन् । ‘मैले संगीतप्रतिको झुकाव कसैलाई भनेकै थिइन’, सालुले वीनेपालीसंग भनिन्, ‘नेपाल आउने वित्तिकै तीनमहिना संगीत सिकेर एल्बम ल्याउन लागेको कुरा गर्दा त सबै आश्चर्यचकित छन् ।’
एल्बमको ‘लौ हेर म नाच्छु कसरी…’ गीतको म्यूजिक भिडियो रिलिज नहुंदै हिट भइसकेको छ । त्यसमा सालु आफैं, रविना र सवनमको हट डान्सले दर्शक तान्न शुरु गरिसकेको छ ।
पर्यटन सम्वन्धि सानो व्यापार गर्ने तयारी समेत गरिरहेकी सालुले नेपालमा काम गर्न अप्ठेरो भएको बताइन् । ‘नकारात्मक सोच भएका र खुट्टा तान्नेमात्र भेटिरहेकी छु’, उनको दृढता चाहिं छ, ‘तर आंटेको काम त पुरा नगरि छोड्दिन ।’ व्यापार र संगीत संगै लाने सोच उनको छ । तनहुंकी यी सुन्दरीले फिल्म समेत निर्माण गर्ने महत्वकांक्षा सांचेकी छिन् ।
सालुलाई नेपाली समाज खुल्ला हुदै गएपनि मान्छे चाहिं कन्जरभेटिभ खालका रहेको अनुभव भएको छ । भन्छिन्, ‘आफ्नो इच्छा अनुसार लगाउंदा, खांदा बस्दा पनि के भन्ने हुन् जस्तो छ नेपाली समाज ।’
प्रेमी विहीन छन् रे उनी । ‘राम्रो केटा खोजी रहेको छु, भ्याकेन्सी खाली छ है’, उनी जिस्किंदै थिइन्, ‘बिहे गरौं भनेको पनि केटा पाइएन ।’ उनलाई यौनबारे कुरा गर्न उस्तो संकोच लाग्दैन । कारण, पश्चिमा संस्कृतिमा हेलमेल भइन् उनी ।
‘सेक्स नर्मल चीज हो यदि विश्वासिलो मान्छे छ भने’, उनी खुलिन्, ‘तर, को संग कसरी हुंदैछ र त्यसको प्रभाव भविष्यमा कस्तो रहन्छ ख्याल त हुनैपर्छ ।’
लामो समय विदेश बसेर सुःख दुःख भोगेकी सालुले आफ्नो सहित नेपाली महिलाका दुःख पीडा समेटेर छिट्टै पुस्तक समेत निकाल्ने बताएकी छिन् ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा