सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: ०२:०२ | UK Time: 21:17

मधुमेयले बिगार्छ मुटु

वीनेपाली
२०७१ मंसिर ८ गते ११:१५

265417_10150241950363963_541360_o
जब रगतमा ग्लुकोज (चिनी) को लेभल धेरै बढी हुन्छ तब मधुमेय हुन्छ । यस अवस्थामा शरीरले राम्रोसँग ग्लुकोज प्रयोग गर्न असमर्थ हुन्छ । शरीरले ग्लुकोज लाई शक्ति मा बदल्ने काम जे जति गर्नुपर्ने हो त्यति गर्न नसकेको अवस्थामा मधुमेय देखिन्छ ।
जब हाम्रो शरीरले कार्बोहाइड्रेड खानाहरू जस्तै रोटी, भात, आलु र चिनी र अरू गुलियो खानाहरू पचाउँदछ तब ग्लुकोज उत्पादन हुन्छ । कलेजाले पनि ग्लुकोज बनाउँदछ । त्यसलाई रगतले सवै कोषहरूमा लैजान्छ । एउटा हार्मोन जसलाई इन्सुलिन भनिन्छ ले ग्लुकोजलाई कोषहरूमा पठाउन मद्दत गर्छ जहाँ शरीरले इन्धनको को रूपमा प्रयोग गर्दछ । इन्सुलिन प्यानक्रियाजमा बन्दछ । प्यानक्रियाज भनेको एउटा ठूलो डल्लो पेट पछाडि रहन्छ ।
जब इन्सुलिन ले कोषहरूलाई रगतबाट ग्लुकोजलाई निकाल्छ तव रगतमा भएको ग्लुकोजको मात्रा घट्छ ।

मधुमेय दुई किमिसको हुन्छन्:
Type 1 diabetes – यो भएमा इन्सुलिन उत्पादन हुँदैन ।
Type 2 diabetes ( पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुँदैन अथवा कोषका इन्सुलिन प्रयोग गर्ने समर्थ्ये हराउँदछ ।

कसलाई मधुमेय लाग्ने जोखिम हुन्छ ?
Type 1 diabetes: Type 1 मधुमेय Type 2 को तुलनामा कमभन्दा कम मानिसमा हुन्छ यो प्राय: बच्चाहरू र कम उमेरका मानिसहरूमा प्रौढहरू विकास हुन्छ । Type 1 मधुमेय सायदै हुन्छ किनभने शरीरको आफ्नै पाचन प्रक्रियाले जुन कोषहरूले संक्रमण बिरुद्द लडाई लड्छ ) प्यानक्रियाज लाई आक्रमण गर्दछ र इन्सुलिन बनाउने क्षमतालाई नाश गर्दछ । यसको कारणमा सायद भाइरस वा अरू सङ्क्रमण हुनसक्छ तर निश्चित रूपमा कसैलाई थाह छैन ।

Type 2 diabetes :धेरै मान्छेहरूलाई यो किमिसको मधुमेय छ । एउटा तथ्याङ्क अनुसार प्रत्येक दश जना मधुमेयको बिरामीमा नौजनालाई Type 2 diabetes छ । मधुमेयको विकास विस्तार विस्तार उमेर ४० पछि हुने देखिन्छ । धेरै मान्छेहरूमा शरीरको वजन अत्यधिक बढी भएर Type 2 diabetes देखिन्छ मधुमेयको विरामीहरू बढ्नुमा यही नै महत्व पूर्ण कारण देखिन्छ । हालसालैका वर्षहरूमा धेरै मान्छेहरू, बच्चाहरू र कलिलो प्रौढहरूमा मधुमेय रोग लागेको देखिएको छ र यो क्रम बढ्दो छ । यो हुनुमा यस्तो लाग्दछ कि आजभोलिका बच्चाहरू कम क्रियाशील जीवन यापन गर्दैछन् । अफ्रिकन, क्यारेवियन र दक्षिण एशियाका केही जातीय समूदायका मानिसहरुमा मधुमेय रोग बढी देखिन्छ ।
वंशाणु र वातावरणका चिजहरूले मधुमेयको विकास हुनलाई योगदान पुर्‍याउदछ । मानिसहरूमा Type 2 मधुमेय विकास हुने सम्भावना रहन्छ यदि तिनीहरूमा तल भनिएका केही या सवै जोखिमका तत्वहरू छन् भने:

धेरै शारीरिक रूपमा क्रियाशील नभएमा
शरीरको वजन बढी भएमा
परिवारको इतिहासमा मधुमेय भएमा
पहिला गर्भवती हँदा मधुमेय भएमा (gestational diabetcs)
Type 2 मधुमेय विकास हुने जोखिमलाई धेरै मात्रामा कम गर्न जीवन शैलीमा परिवर्तन गर्नु नितान्त अवश्यक छ जसले बढी शारििरक क्रियाकलाप र शरीरको वजन कम गराउछ ।

मधुमेयका लक्षणहरू के के हुन् ?
Type 1 मधुमेयका लक्षणहरू चाडै केही हप्ताहरूमा विकास हुन्छ तर Type 2 को लक्षणहरू प्राय विस्तारै धरै वर्षहरूमा विकास हुन्छ र त्यसैले धेरै मान्छेहरूलाई आफूलाई ठिक नभएको विचार गर्दैनन् । विभिन्न मान्छेहरूको विभिन्न किसिमका लक्षणहरू देखापर्दछ । दुवै किसिमका मधुमेयका प्राय लक्षणहरू निम्न किसिमका हुन्छन्:–
–प्यास लाग्नु
–खासगरी रातमा सदा भन्दा बढी पिसाव लाग्नु
–थकाइ लाग्नु
–वजन घट्नु (त्यसै थाहनपाइ)
– अस्पष्ट देख्नु
–गुप्ताङ्गमा धेरै चिलाउनु
यी लक्षणहरू कुन सिधा परिणाम रगतमा धेरै मात्रामा हुनु हो र अभिि हरूमा पर्याप्त नहुनु हो धेरै वर्षहरूमा बढी ग्लुकोजको लेभलले शरीरका विभिन्न भागहरूमा नोक्सान पुर्‍याउन सक्छन् ।
तिनीहरू मध्ये:
–मुटुमा र रक्तकोषिका मा जसको कारणले कोरोनरी मुटुरोग, स्ट्रोक , आर्टरीहरूको रोग जसले शरीरका विभिन्न भागहरूमा रगत पठाउदछ जस्तै खुट्टामा) लाग्ने हुन सक्छ
–आँखामा, जसको कारणले कम देखिने या कहिलेकाहिँ अन्धो बनाउन सक्दछ
–मृगौलामा, जुन विस्तारै काम राम्रोसँग गर्न सक्दैन
–पैतालामा अल्सर हुने कारण हुन्छ
– स्नायुमा, यसको कारणले धेरै लक्षणहरू जस्तै खुट्टा निदाउनु , पैतालामा झमझामाउनु , र लैंगिक नपुंसक (Sexual impotence)।
राम्रो खबर के हो भन्दा हामीले मधुमेहलाई रोक्न, या धकल्न या यसको समस्याहलाई कम गर्नलाई जीवनशैली परिवर्तन र मधुमेयको राम्रो व्यवस्थापनद्वारा गर्न सकिन्छ । राम्रो व्यवस्थापनमा रगतको ग्लुकोजलाई राम्रो नियन्त्रण र रक्तचापलाइ निगरानी प्रत्येक वर्ष पुनर्विचार गरेर गर्न सकिन्छ ।
मधुमेय कसरी निर्धारित गरिन्छ ?
यदि तपाईंलाई मधुमेयको केही जोखिमका तत्वहरू छन् भने, तपाईले आफ्नो डाक्टरलाई समान्य स्क्रिनिंग टेस्ट गराउन भन्नु पर्दछ । याद गर्नुहोस कुनै लक्षण नभएको मान्छेलाई पनि मधुमेय हुन सक्छ ।
तपाईंको डाक्टरले उत्तिखेर रगत परीक्षण गर्न सक्दछन या तपाईंलाई अघिल्लो रात देखिको भोको पेटमा रगत परीक्षण गर्न भन्न सक्छन् । डाक्टरले रगतमा भएको ग्लुकोजको परिणामले तपाईलाई मधुमेय भएको छ या छैन भन्नेछन् ।
धेरै पिसाव लाग्ने, प्यास ज्यादा लाग्ने, शरीरको वजन त्यसै घट्ने र रगतमा ग्लुकोजको लेभल तल भनिए बमोजिम भएमा तपाईलाई मधुमेय भएको हुन सक्छ:
-11.1mmoL/Lया बढी खाना खाएपछि अथवा
-7mm OL/L या बढी खाना नखाएपछि (केही समयको अवधिमा) अथवा
-11.1 mmOL/L मा बढी, दुई घण्टा ग्लुकोज टोलोरेन्स टेस्टपछि । यो टेष्टमा तपाईलाई केही अवधिभर केही नखाइ गरिन्छ । तपाईंको रगत ग्लुकोज लेभल नापिन्छ र त्यसपछि तपाईंलाई ग्लुकोज भएको पेय पदार्थ पिउन लगाइन्छ । तपाईंको ग्लुकोजको लेभल त्यसपछि दुई घण्टा को अवधिमा नापिन्छ । दिइएको ग्लुकोजले तपाईंको शरीरले कसरी लिन्छ भनेर हेरिन्छ ।

मधुमेयको उपचार के हो ?
यदि तपाईंलाई Type 1 मधुमेय छ भने डाक्टरले उत्तिखेर नै इन्सुलिनद्वारा उपचार गर्दछन् । यदि तपाईंलाई Type 2 मधुमेय छ भने साधारणतया पहिलो उपचार पद्धति जस्तै वजन घटाउने कोसिस, क्रियाशील हुने र स्वस्थकर खाना खाने सल्लाह दिइन्छ ।
केही मान्छेहरूलाई मधुमेयको लागि औषधी खानुपर्ने हुन सक्छ । विभिन्न थरिका विभिन्न तरिकाका औषधीहरू छन् । तपाईंको डाक्टरले बताउने छन् Type 2 भएका धेरै मान्छेहरूलाई अन्तत: मधुमेय नियन्त्रण गर्नलाई इन्सुलिनको सुइ दिनुपर्दछ तर पहिलो चोटि थाह पाएको मधुमेयको विरामीले यो प्राय: गर्नुपर्दैन ।

मधुमेयले मुटुलाई किन असर गर्दछ ?
मधुमेयले विभिन्न तरिकाले मुटुलाई असर गर्न सक्दछ:
रगतमा उच्च ग्लुकोज लेभलले आर्टरीको भित्तामा असर गर्दछ जसले चिल्लो जम्ने (Atheroma) क्रमको विकास गर्न सक्दछ ।
मुटु रोगका जोखिमका तत्वहरू धूमपान, उच्च रक्तचाप र रगतमा उच्च कोलेस्ट्रोलबाट हुने नोक्सानलाई मधुमेयले अरू बढाउँदछ ।
Type 2 मधुमेय भएको मान्छेको प्राय ट्राइग्लिसराइड बढी र HDL कोलेस्ट्रोल कम हुन्छ । LDL कोलेस्ट्रोललाई ‘खराव कोलेस्ट्रोल’ र HDL कोलेस्ट्रोललाई ‘राम्रो कोलेस्ट्रोल’ भनिन्छ । ट्राइग्लिसराइड हामीले खाएको खानाबाट आउँदछ । हामीले खाएको खानामा बनेको क्यालोरी बासोको रूपमा ट्राइग्लिसराइडमा परिणत पहिला हुन्छ र बोसो भएर स्टोर गर्छे ।
मधुमेय भएको मान्छेलाई रक्तचाप हुने बढी संभावना हुन्छ
मधुमेयले मुटुको मांशपेशी लाई असर गर्न स्क्छ र रगत पम्प गर्ने क्षमतामा ह्रास आउन सक्छ
मधुमेयले मुटुको स्नायुलाई असर पार्न सक्छ । त्यसैले एन्जाइनाको लक्षणहरूमा फरक पर्न सक्छ । यसले इन्जाइना र हृदयघात पत्तालगाउन ढिलो हुन सक्छ ।
कोरोनरी मुटु रोग र मधुमेय
कोरोनरी मुटु रोग बेलायतको सबभन्दा धेरै मान्छे मर्ने रोग हो । करिव ५ जना पुरुषमा एकजना पुरुष र ६ जना महिलामा १ जना महिला यसबाट मर्दछन् । मधुमेय हुनेलाई मुटुरोग लाग्ने जोखिम झन बढी हुन्छ ।
मधुमेय भएका मध्यमा महिलालाई कोरोनरी मुटुरोगको विकास हुने जोखिम पुरुषलाई भन्दा बढी हुन्छ । दक्षिण एशियाका मान्छेहरूलाई मधुमेय लाग्ने सम्भावना अन्यत्रका मान्छेलाई भन्दा पाँच गुना बढी हुन्छ । यसको परिणाम मुटुरोग लाग्ने जोखिम बढी हुन्छ । तर यदि तपाईंलाई मधुमेय छ भने कोरोनरी मुटुरोग विकासमा यसको असरलाई कम गर्न धेरै गर्न सक्नुहुन्छ । स्वस्थ्यकर जीवनशैली र राम्रो उपचारले जोखिमलाई धेरै कम गर्न सकिन्छ । मुटु रोग लाग्ने जानिएका धेरै ‘जोखिमका तत्वहरू’ छन् । मुटुरोग लाग्ने जोखिम अन्तर्गत निम्नलिखित तत्त्वहरू रहेका हुन्छन्:

ती जोखिमहरूमा मुख्य:
– शारीरिक निष्कृयता
– धूमपान
– उच्च रगत कोलेस्ट्रोल
– उच्च रक्तचाप
– शरीरको बढी या अति वजन हुनु
– परिवारमा कोरोनरी मुटुरोगको इतिहास
– मधुमेय
मधुमेय भएको मान्छेलाई हृदयघात भएको भनेर पत्ता लगाउन अलि गाह्रो पर्दछ । उदारणको लागि नदुख्नु तर साधारण अनुभवमा विरामी जस्तो ठान्नु या पसिना आउनु हृदयघातका लक्षणहरू हुन् तर मधुमेय भएका मान्छेहरूलाई यी लक्षणहरू हिपो ( Hypoglycaemic) लक्षणसँग झुक्किने हुन सक्दछन् । हिपो तव हुन्छ जब रगतमा ग्लुकोजको मात्रा धेरै कममा झर्दछ
। यस्तो भएमा यसको उपचारको निम्ति ग्लुकोज ट्याबलेट या गुलियो पेय पदार्थ अनि कार्वोहाइड्रेड जस्तै एक वटुका सिरियल ,डाइजेस्टिभ बिस्कुट जस्ता खानुपर्दछ ।
– हिपो भएको नहुन सक्छ र हृदयघात भइरहेको हुनसक्छ । यस्तो भएमा तुरुन्त एम्बुलेन्स बोलाउनु पर्दछ ।

मधुमेय भएको मान्छेले कोरोनरी मुटुरोग लाग्ने जोखिमलाई कसरी कम गर्ने ?
शरीरका अङ्गहरू जस्तै आँखा, मृगौला, पैतालाको नोक्सानलाई रोकथाम गर्न रगतको ग्लुकोज लेभल र रक्तचाप ठिक गरी नियन्त्रण गर्नु जरुरी छ । तर यो मात्रै गरेर कोरोनरी मुटुरोगलाई पर्याप्त हँदैन । मुख्य जोखिमका तत्वहरू मुटुरोगको लागि राम्रो उपचार र जीवनशैली परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ ।

क्रियाशील बढी हुने:
शारीरिक निस्कृयता मुटु रोग लाग्ने प्रमुख जोखिम हो र type 2 मधुमेय को विकास हुने पनि प्रमुख कारण हो । तपाईंलाई मधुमेय भइसकेको छ भने शारीरिक क्रियाशीलताले तपाईंले खाने औषधीको परिमाणलाई कम गर्न मद्धत गर्दछ । क्रियाशील हुँदा विस्तारै रफ्तार बढाएर लैजानु पर्दछ र हप्ताको घटीमा पाँच दिन आधी घण्टाको ठिक्कको व्यायाम गर्नुपर्दछ ।
व्यायाम गर्दा जहिले पनि कार्वोहाइड्रेड जस्तै ग्लुकोज ट्यावलेट या चिनियुक्त पेय पदार्थ साथमा हुनुपर्दछ । किनभने यदि ग्लुकोज लेभल कम भयो भने खान –पिउन सकिन्छ ।

धूमपान छोडौं: धूमपान छोड्नु नै तपाईको स्वास्थ्य सुधार्ने उपाय हो ।

कोलेस्ट्रल र ट्राइग्लिसराइड लेबल नियन्त्रण गरौं:
स्वस्थ्यकर खाना, त्यसमा पनि जनावरबाट पाइने चिल्लो कम खानुपर्दछ । मधुमेयको मान्छेले कोलेस्ट्रोल कम गर्नलाई सायद ‘Statin’ भन्ने औषधी खानुपर्दछ र ट्राइग्लिसराइड लेबल नियन्त्रण गर्नलाई सायद Fibrate भन्ने औषधी लिनुपर्दछ ।
उच्चरक्तचाप नियन्त्रण गर्ने: मधुमेय भएको मान्छेलाई प्राय: उच्च रक्तचाप हुने गर्दछ । त्यसैले यसलाई नियन्त्रण गर्नु जरुरी छ ।
आफ्नो वजन नियन्त्रण गर्ने
यदि तपाईंको वजन बढी छ र कम गर्नुभयो भने यसले रक्तचाप कम गर्न, कोलैसट्रोलको लेभल घटाउन र मधुमेयको नियन्त्रण गर्न मद्दत गर्दछ ।

अरू जीवनशैली सम्बन्धी सल्लाह:
फलफूल र सब्जी: स्वास्थ्यकर खानपिनले मुटुरोगको जोखिमलाई कम गर्दछ । दिनको घटीमा ५ पोर्सन विभिन्न किसिमका फलफूल र सब्जी खानुपर्दछ । (१ पोर्सन: भन्नाले १ स्याउ, चिरो तर्वुजा, २ वटा आलुवखडा या अम्वा, एक मुठी अंगुर १४० ग्राम माछा आदि बुझिन्छ।)
आराम : आराम गर्ने विभिन्न तरिका सिकेर चिन्तालाई टाढा राख्न सकिन्छ । यसले शरीरमा फूर्ति आउँछ ।
मधुमेय र कोरोनरी मुटुरोग दुवै भएका मान्छेलाई उपचारहरू
मधुमेय भएका मान्छे र मधुमेय नभएका मान्छेलाई कोरोनरी मुटु रोगका उपचारहरू करिव उस्तै हुन् । तल भनिएका बाहेक:
नियमित औषधीहरू: यदि तपाई ५० वर्षको भन्दा बढी हुनुहुन्छ र मधुमेय भएको छ भने अनि मुटुरोगका अरू जोखिमका तत्वहरू छन् भने तपाईको डाक्टरले दैनिक ७५एम.एल. को एस्पिरिन दिन सक्छन् । नियमित एस्पिरिन खानु अघि डाक्टरलाई सोध्नुपर्दछ ।
यदि तपाईलाई मधुमेय छ भने तपाईंको रक्तचाप १३०/८० भन्दा कम हुने उद्देश्य राख्नुपर्दछ । रक्तचाप कम गर्न औषधी खानुपर्ने पनि हुनसक्छ ।
यदि तपाईंको एन्जाइना अरू बढी भएमा: यदि एन्जाइना बढी भएमा डाक्टरको सल्लाह लिनुपर्दछ । डाक्टरले कोरोनरि एञ्जियोप्लास्टि या कोरोनरि बाइपास गर्नु पर्ने सल्लाह दिन सक्दछन् । एन्जियोष्लाटी ब्लड भेसल लाई फराकिलो पार्ने उपचार पद्धति हो । तपाईंको डाक्टरले तपाइको स्वास्थ्य अनुकुल सल्लाह दिनेछन् ।
यदि तपाईंलाई हृदयघात भएमा: हृदयघात पश्चात तुरुन्तै तपाईको ग्लुकोजलाई राम्रोसँग नियन्त्रण गर्नु महत्त्वपूर्ण हो । यसो गरेमा नोक्सान हुनेक्रम कम हुन्छ चाँडै निको सकिन्छ ।
हृदयघात पछिका महिनाहरूमा रगतमा ग्लुकोजलाई राम्रो सँग नियन्त्रणमा राख्नु महत्त्वपूर्ण हो । अरू औषधीहरू परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ जस्तै इन्सुलिन ।

वार्षिक पुनर्विचार
यदि तपाईंलाई मधुमेय छ भने वार्षिक रूपमा यसको पुनर्विचार गर्नुपर्दछ । यसले कि तपाईंको मधुमेय सम्बन्धी जटिलता विकास हुन नदिई जस्तै कोरोनरी मुटुरोगमा द्ययियम क्गनबच को नियन्त्रणलाई सहयोग पुर्‍याउँछ ।
वार्षिक पुनर्विचारको साथै साधारण जँचाइमा मधुमेयको बारेमा तपाईंको डाक्टरले रक्तचाप, वजन र साधारण श्वासप्रश्वास मा रक्त सञ्चारको जाँचबुझ गर्नुपर्दछ । उनले लामो अवधिको ग्लुकोज नियन्त्रणका साथसाथै कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेभल जाँच गर्नुपर्दछ । यी जाँचहरूले डाक्टरलाई तपाईंको औषधी, जीवनशैली र खानपिनले कस्तो कस्तो काम गरिरहेको छ र अरू केही परिवर्तन गर्नुपर्छ भन्ने निर्णय गर्न सहयोग पुर्‍याउँछ ।
वार्षिक पुनर्विचारको साथसाथै तपाईंले बेलाबेलामा मधुमेयको नियन्त्रण सन्तोषजनक भएको छ छैन भनी जान्नलाई जाँचबुझ गरिरहनु पर्दछ ।

(आचार्य कोरोनरी मुटुरोग २०१० का  लेखक र नेप्लिज हार्ट फाउन्डेसन, युके अध्यक्ष हुन् )

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक