बेन्चमै बसिराख्नुस्, उभिनुपर्दैन
खोल्नुपर्दैन किताब
बुझाउनुपर्दैन होमवर्क
बनाउँदिनँ तपाईंलाई मुर्गा म
गराउँदिनँ उठ्बस्
बस्, आज म तपाईंको क्लास लिन्छु सर
सोध्दिनँ म वाहियात प्रश्नहरू
कसले गर्यो आधुनिक नेपालको एकीकरण ?
पहिलोचोटि कसले फत्ते गर्यो सगरमाथा ?
कसरी भयो श्री ३ जङ्गबहादुरको उदय ?
पाइथागोरसको साध्यले के भन्छ ?
जलस्रोतमा कतिऔँ धनी मुलुक हो नेपाल ?
हाइड्रोजन र अक्सिजन मिलेर के बन्छ ?
बुद्धलाई किन भनिन्छ एसियाको प्रकाश ?
ह्वाट डू यू वान्ट टू बी इन द फ्युचर ?
गर्दिन म यस्ता अर्थ न बर्थका सवालहरू
तर बताउनेछु तपाईंलाई मेरा आफ्ना…
नितान्त आफ्ना केही कुरा
ध्यान दिएर सुन्नुहोला सर
(यो स्कुलको इतिहासमा
आज केही अनौठो भइरहेको छ)
भारी बोक्दाबोक्दै रगत छादेर बितेका थिए मेरा बा
र, तपाईं मलाई घोकाइरहनुभएको छ
कालिजको हाड अड्किएर श्री ३ के जातिको मृत्यु भयो
आङ खसेकी मेरी आमा
हरेक दिन भीर–बेसी गरिरहेकी छिन्
र, तपाईं मलाई रटाइरहनुभएको छ
महारानी के जाति राजपाठमा खोइ कुन्नि के नमिलेर काशी गइन्
मेरा साना भाइबहिनी बुढी औँला चुसिरहेछन्
मरुभूमि पल्टिएका तिनका आँखामा
म दुःखका ऊँटहरू लस्करै हिँडिरहेको देख्छु
र, तपाईं मलाई कण्ठ गराइरहनुभएको छ
इन्द्रेनी पर्दा नाच्ने मुजुरका गीतहरू
म बहिष्कार गर्छु तपाईंका कक्षाहरू
जबसम्म यो कक्षाकोठामा प्रवेश गर्नेछैनन्
बाढीले खाने खेत र पहिरोले लाने बारीको ज्यामिती
झुपडीको अर्थशास्त्र
दुःखको समाजशास्त्र
पीडाको वास्तुशास्त्र
आँशुको रसायनशास्त्र
तबसम्म म बहिष्कार गर्छु तपाईंका कक्षाहरू
चूक घोप्टिएजस्तो अँध्यारो जिन्दगीमा
तपाईंको शिक्षा
जुनकिरीले पिँधमा बोक्ने
लुसिफेरिन जति पनि उज्यालो नभएपछि
मलाई
अपठित या अशिक्षित या औँठाछाप नै रहनुमा
आपत्ति छैन
दुःख छैन
पछुतो त झन् छँदै छैन
ल अब घर जानुस्, सर
क्लास सकियो
सदाका निम्ति ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री