लण्डन । नेपाली सुगम संगीतकी स्थापित गायिका शर्मिला बर्देवाले हिन्दूहरुको महान पर्व बडादशै तथा शुभ दिपावलीको अवसर पारेर यही आउँदो २१ र २८ सेप्टेम्बर साँझ लण्डनस्थित ह्यारो फुटबल क्लब र फार्न्बरो स्थित श्यामुयल कोर्डी स्पोर्ट कलेजमा एकल साँझ गर्दैछिन् ।
अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा आयोजना गरिएको पत्रकार एवं समाजसेवीहरुसंगको छलफल कार्यक्रममा उनले आफ्नो तर्फबाट सबै तयारी सकिएको र अब दर्शकको साथ र सहयोगको खाँचो रहेको बताइन् ।
आफ्नो करिब २० वर्षे साङ्गीतिक यात्राकै पहिलो एकल साँझ भएकाले पनि दर्शकको विशेष सहभागिता अनी साथ पाउनेमा ढुक्क भएको उनले बताइन् । स्वर किन्नरी तारादेवीका कालजयी गीत साथै आफ्ना चर्चित गीतहरुबाट करिब २ घण्टा दर्शकलाई आफ्नो स्वरले बाँध्न प्रयास उनले गर्नेछिन् । बर्देवालाई युगल गायनमा गायक सुजन पराजुली र दीपक थापाले साथ दिँदै छन् भने लाईभ अकेस्ट्रामा रियाज ब्यान्डको समूहले साथ दिँदैछ । ब्यान्डको तर्फबाट गितारमा अजित गुरुङ, वेस गितार बिकल राई, लिड गितारमा दीपक श्रेष्ठ छन् भने ढोलकमा राजु, ड्रममा सन्दिप राई र पियानोमा उज्वोल श्रेष्ठ छन् ।
अंशु इन्टरटेन्टेनको व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमको टिकट दर १० पाउण्ड तोकिएको छ । अनलाइनबाट पनि टिकट खरिद गर्ने सकिने जानकारी समेत दिइएको छ । अनलाइन टिकटको लागि http://www.hamroawaj.com/buy-
नर्सिङ पेसामा आवद्ध बर्देवा कुनै समयकी पाश्व संगीतकी चल्तीकी गायिका हुन् । उनका आँखैमा झलझली, मेरो हजुरलाई, फुलको जवाफ, तस्बिरमै यस्तो, देब्रे आँखा, सर-सर लगायत गीत सुपरहिट छन् ।
लामो समयदेखि बेलायत बस्दै आएकी बर्देवाले नेपाली चलचित्र र आधुनिक गरी करिव ६०० गीतमा आफ्नो स्वर दिइसकेकी छिन् भने ६ वटा एल्बम बजारमा ल्याइसकेकी छिन् ।
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते