लण्डन । नेपाली सुगम संगीतकी स्थापित गायिका शर्मिला बर्देवाले हिन्दूहरुको महान पर्व बडादशै तथा शुभ दिपावलीको अवसर पारेर यही आउँदो २१ र २८ सेप्टेम्बर साँझ लण्डनस्थित ह्यारो फुटबल क्लब र फार्न्बरो स्थित श्यामुयल कोर्डी स्पोर्ट कलेजमा एकल साँझ गर्दैछिन् ।
अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा आयोजना गरिएको पत्रकार एवं समाजसेवीहरुसंगको छलफल कार्यक्रममा उनले आफ्नो तर्फबाट सबै तयारी सकिएको र अब दर्शकको साथ र सहयोगको खाँचो रहेको बताइन् ।
आफ्नो करिब २० वर्षे साङ्गीतिक यात्राकै पहिलो एकल साँझ भएकाले पनि दर्शकको विशेष सहभागिता अनी साथ पाउनेमा ढुक्क भएको उनले बताइन् । स्वर किन्नरी तारादेवीका कालजयी गीत साथै आफ्ना चर्चित गीतहरुबाट करिब २ घण्टा दर्शकलाई आफ्नो स्वरले बाँध्न प्रयास उनले गर्नेछिन् । बर्देवालाई युगल गायनमा गायक सुजन पराजुली र दीपक थापाले साथ दिँदै छन् भने लाईभ अकेस्ट्रामा रियाज ब्यान्डको समूहले साथ दिँदैछ । ब्यान्डको तर्फबाट गितारमा अजित गुरुङ, वेस गितार बिकल राई, लिड गितारमा दीपक श्रेष्ठ छन् भने ढोलकमा राजु, ड्रममा सन्दिप राई र पियानोमा उज्वोल श्रेष्ठ छन् ।
अंशु इन्टरटेन्टेनको व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमको टिकट दर १० पाउण्ड तोकिएको छ । अनलाइनबाट पनि टिकट खरिद गर्ने सकिने जानकारी समेत दिइएको छ । अनलाइन टिकटको लागि http://www.hamroawaj.com/buy-
नर्सिङ पेसामा आवद्ध बर्देवा कुनै समयकी पाश्व संगीतकी चल्तीकी गायिका हुन् । उनका आँखैमा झलझली, मेरो हजुरलाई, फुलको जवाफ, तस्बिरमै यस्तो, देब्रे आँखा, सर-सर लगायत गीत सुपरहिट छन् ।
लामो समयदेखि बेलायत बस्दै आएकी बर्देवाले नेपाली चलचित्र र आधुनिक गरी करिव ६०० गीतमा आफ्नो स्वर दिइसकेकी छिन् भने ६ वटा एल्बम बजारमा ल्याइसकेकी छिन् ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी