
काठमाण्डौं । बोन क्यान्सरका कारण नयां दिल्लीमा निधन भएका लोकप्रिय नेपाली नायक श्रीकृष्ण श्रेष्ठको पशुपति आर्यघाटमा सोमबार सांझ अन्त्येष्टी गरिएको छ । नेपाल सरकारको निर्णय अनुसार श्रेष्ठको पार्थिव शरीरलाई नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो । सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले राष्टिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरे ।
सोमबार दिउसो तीनबजे नयां दिल्लीबाट काठमाण्डौं विमानस्थल ल्याइएपछि श्रेष्ठको शव सिनामंगल, तीनकुने, नयां बानेश्वर, माइतीघर, रत्नपार्क हुंदै श्रद्धाञ्जलिका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राख्ने कार्यक्रम रहेपनि प्रज्ञा भवनमा भीड नियन्त्रणबाहिर गएपछि शव पशुपति आर्यघाट लगिएको सञ्चारमाध्यमले जनाएका छन् ।
इकान्तिपुरका अनुसार, श्रीकृष्णप्रति श्रद्धाञ्जली अर्पण गर्न सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, कांग्रेस नेता अर्जुननरसिंह केसी, एमाले नेताहरु केशव बडाल, अमृतकुमार बोहोरा, एमाओवादी नेताहरु कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, राप्रपा अध्यक्ष पशुपति शमसेर जबरालगायत प्रज्ञा प्रतिष्ठानमा उपस्थित थिए । श्रद्धाञ्जली अर्पण गर्न नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपराज पाण्डे, अभिनेता राजेश हमाललगायतका हजारौं फिल्मकर्मी, परिवारजन, आफन्त, शुभेच्छुक र हजारौं सर्वसाधारण प्रज्ञा प्रतिष्ठानमा जम्मा भएका थिए ।
श्रेष्ठको निधनमा प्रधानमन्त्री सुशील कोइराला, पूर्व राजा ज्ञानेन्द्र देखि सम्पूर्ण कलाकार र चलचित्रप्रेमी नेपाली मर्माहत छन् । करिब एक सय नेपाली सिनेमामा अभिनय गरेका स्वर्गीय श्रेष्ठको स्वर्गारोहणले पुरै देश शोकमा डुबेको छ ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी