
काठमाण्डौं । नेपाली चलचित्रका डिसेन्ट नायक श्रीकृष्ण श्रेष्ठको ४७ वर्षको उमेरमा गए राती निधन भएको छ । दिल्लीस्थित एपोलो हस्पिटलमा उपचार गराइरहेका उनको डिप निमोनियका कारण निधन भएको खवर इकान्तिपुरमा छ ।
नायिका श्वेता खड्कासंग असार तेश्रो साता बिहे गरे लगत्तै उनी बिरामी परि दिल्लीतर्फ लागेका थिए । वि.स. २०४५ सालदेखि नियमित नेपाली चलचित्रमा संलग्न श्रेष्ठका धर्ती, प्रेमयुद्ध, माइती, आफ्नो मान्छे, वर पिपल, गोर्खाली, पाहुना, अजम्बरी नाता, हाम्रो माया जूनी जूनीलाई, जाली रुमाल, यस्तै हुन्छ पिरती, गुरु चेला, गरिब, नाता, नाता रगतको, लक्ष्मी पूजा, भरोसा, जीवन रेखा, उनको सम्झना, राम बलराम, कहाँ भेटिएला लगायत एकसय बढी चलचित्र छन् ।
मरणअघि श्रेष्ठले आफ्नो शव नेपाल नलैजानु भनेपनि उनको अन्त्येष्टी नेपालमै सरकारी सम्मानका साथ गर्ने तयारी भएको सञ्चारमाध्यमले जनाएका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव प्रज्ञा भवनमा राखिनेछ ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा