गीत
ए… हजूर …..
लाहुरे खसम बिर्सियौ कि तिम्रो शान्ति मायालाई
मलाई छाडी पल्टन गाथ्यौ साहुको ऋण उकास्नलाई
उमेर उन्नासी पुगेछु युद्ध अझै लड्दैछौ कि
खसम मलाई सम्झी अब गाउँ घर फर्कन्छौ कि
खरको छानो चुही सक्यो सिंउदो सबै उडीसक्यो
पर्खाल भित्ता चर्की लड्यो प्रतिक्षा मै उमेर सड्यो
पखेरुमा रोई रहेछु अंधेरीमा ढलिरहेछु
छोरा छैन छोरी छैन बेवारिस परिरहेछु
लाहुरे खसम बिस्र्यौ कि तिम्रो शान्ति मायालाई
मलाई छाडी पल्टन गाथ्यौ साहुको ऋण उकास्नलाई
उमेर उन्नासी पुगें नि युद्ध अझै लड्दैछौ कि
खसम मलाई सम्झी अब गाउँ घर फर्कन्छौ कि
आमा बाबा आउला छोरा भन्दाभन्दै स्वर्ग चढे
नाती नाता देख्ने आशा आशामै धर्ती छाडे
घरखेत सबै साहुकै भो, गैरीबारी समेत गयो
मेरो आशको बिहानीमा गोंधूली साँझले छायो
ए ….. हजुर ……
लाहुरे खसम बिर्सियौ कि तिम्रो शान्तिमायालाई
मलाई छाडी पल्टन गाथ्यौ साहुको ऋण उकास्नलाई
उमेर उन्नासी पुगें नि युद्ध अझै लड्दैछौ कि
खसम मलाई सम्झी अब गाउँ घर फर्कन्छौ कि
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने