गीत
ए… हजूर …..
लाहुरे खसम बिर्सियौ कि तिम्रो शान्ति मायालाई
मलाई छाडी पल्टन गाथ्यौ साहुको ऋण उकास्नलाई
उमेर उन्नासी पुगेछु युद्ध अझै लड्दैछौ कि
खसम मलाई सम्झी अब गाउँ घर फर्कन्छौ कि
खरको छानो चुही सक्यो सिंउदो सबै उडीसक्यो
पर्खाल भित्ता चर्की लड्यो प्रतिक्षा मै उमेर सड्यो
पखेरुमा रोई रहेछु अंधेरीमा ढलिरहेछु
छोरा छैन छोरी छैन बेवारिस परिरहेछु
लाहुरे खसम बिस्र्यौ कि तिम्रो शान्ति मायालाई
मलाई छाडी पल्टन गाथ्यौ साहुको ऋण उकास्नलाई
उमेर उन्नासी पुगें नि युद्ध अझै लड्दैछौ कि
खसम मलाई सम्झी अब गाउँ घर फर्कन्छौ कि
आमा बाबा आउला छोरा भन्दाभन्दै स्वर्ग चढे
नाती नाता देख्ने आशा आशामै धर्ती छाडे
घरखेत सबै साहुकै भो, गैरीबारी समेत गयो
मेरो आशको बिहानीमा गोंधूली साँझले छायो
ए ….. हजुर ……
लाहुरे खसम बिर्सियौ कि तिम्रो शान्तिमायालाई
मलाई छाडी पल्टन गाथ्यौ साहुको ऋण उकास्नलाई
उमेर उन्नासी पुगें नि युद्ध अझै लड्दैछौ कि
खसम मलाई सम्झी अब गाउँ घर फर्कन्छौ कि
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित