लन्डन । बेलायतमा रहेपनि विश्वभरका नेपालीमाझ परिचित गायिकाहरु सितु खरेल र शर्मिला बर्देवा एकल सांझको तयारीमा छन् ।
नेपाली सुगम संगीतकी स्थापित गायिका बर्देवाले दशैं तिहारको मौका छोपेर आगामी २१ र २८ सेप्टेम्बर सांझ एकल शुभकामना सांझ गर्न लागेकी हुन् । लन्डनस्थित ह्यारो बरो फुटबल क्लवमा पहिलो र फार्नबोरोस्थित श्यामुयल कोडी स्पोर्टस् हलमा अन्तिम कार्यक्रम तय भएका छन् ।
दुई दशकदेखि गायनमा समर्पित बर्देवाको यो पहिलो एकल कन्सर्ट हुनेछ । ‘कोकिल स्वरकी धनी तारा देवीको सम्झनामा उहांकै कालजयी गीतबाट दर्शकलाई मनोरञ्जन दिने सोच छ’, – उनले भनिन् । लाइभ अकेष्टाको प्रयोग गर्ने योजनामा रहेकी बर्देवालाई संगीतमा रियाज व्याण्ड र गायनमा सुजन पराजुलीले साथ दिनेछन् । कार्यक्रमको जिम्मा अंशु इन्टरटेनमेन्टले लिएको छ ।
बेलायतमा नर्सिङ्ग पेशामा आवद्ध बर्देवाका आंखैमा झलझली, मेरो हजुरलाई, फूलको जवाफ, तस्विरमै यस्तो, देब्रे आंखा, सर सर लगायत गीत हिट छन् । नेपाली चलचित्र र आधुनिक गरी करिब ६ सय गीतमा उनले स्वर दिइसकेकी छिन् ।
उता, फरक उद्देश्य लिएर सेप्टेम्बर ७ र ८ मा सितु सांझ गर्दैछिन् गायिका सितु खरेल ।
नेपालका अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ ७ तारिख प्रिन्सेस हल, अल्डरसट र ८ मा ग्रीनफोर्ड टाउन हलमा हुने उक्त कन्सर्ट बिबिसी सञ्चारकर्मी सुमन खरेलले आयोजना गरेका हुन् ।
सन् २००४ मा लन्डनमा पहिलो कन्सर्ट गरेकी सितुको दशकपछि हुने यो कन्सर्टलाई विशेष रुपमा लिइएको छ ।
बिबिसी नेपाली सेवामा आवद्ध सञ्चारकर्मी सुमन खरेलको नामले होइन, आफ्नै खुबीले लोकप्रिय छिन् सितु । बेलायतमा रहेर झण्डै एक दशकदेखि नेपाली गीत संगीतमा पूर्ण समर्पित गायिका खरेलको स्मारिका, सिम्रिक, परी, निर्मन, सितु र बताससंगै गरि ६ एल्बम सार्वजनिक भइसकेका छन् ।
संगीत अध्ययनका लागि विश्वप्रसिद्ध लन्डनस्थित ट्रिनिटी कलेज अफ म्युजिकबाट सितुले गायनमा चार वर्षको बीम्यूज (अनर्स डिग्री) गरेकी छन् । त्यसअघि उनले लन्डनस्थित भारतीय विद्या भवनमा तीन वर्षको तालिम लिएर संगीतमा डिप्लोमा हासिल गरेकी थिइन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते