हेलो !
गुड मर्निङ दाइ, उठियो ?
उठियो यार, केटाकेटीले के सुत्न दिन्छन् र ?
हा! हा! त्यै त । म भर्खर मर्निङ वाक बाट फर्केको, यस्सो दुध पाउरोटी बोकेर । घाम त मज्जाले लागेको छ नि, के छ प्लान ?
खासै क्यै सोच्या छैन यार, यिनै केटाकेटीको मेसो मेलो मिलाउंदै ठिक्क छ । तिम्ले के विचार गरेका छौ र ?
टेम्प्रेचर अठार बिस डिग्री हुन्छ, पानी पर्दैन भन्दैछ मेरो मोबाइलले, कि जाने हो विच तिर ? नजिकैको जाउंला नि । जांदा म कुदाउंछु फर्किंदा तपाईं कुदाउनु ।
केटाकेटी छन् यार, तिम्री भाउजुलाई आज काममा बोलाइदियो । लगेर के जानु, पर्तिर दिदीकोमा आउट अफ लण्डनबाट पाहुना आ’छन् रे, त्यहाँ छोड्न मिलेन ।
ज्या है !
अठार बिसमा पानी तेत्ती तातो हुंदैन, विच अलि पछि जाउंला जुन जुलाई तिर । आज भैगो । बरु नाइट स्टे गर्ने गरि जाउंला नि । नत्र पिउन पाईंदैन विचमा गएर पनि ।
तेसो भए कुखुरा पोल्ने त दाइ ? दिनभरी घाम लाग्छ, विण्ड पनि खासै छैन ।
हो तेसै गरौं । बरु मेरोमा आउ तिमी । बैनी र नानीलाई पनि लिएर आउ । केटाकेटी खेल्छन् हामी बार्बिक्यु गरौंला ।
हस् ! भाउजु कतिखेर आउनुहुन्छ त ?
दुइ बजे
ल म अलि अगाडी नै आउंला, यता बैनीहरु भाउजु आउने बेला तिर आइपुग्लान् । कोइला छ कि छैन ?
कोइला थोरै मात्रै छ होला यार । पुग्दैन । फ्युल त छ ।
क्यै छैन दाइ, म चिकेन र कोइला पनि ल्याउंछु नि त । दाइ त स्टेला नै लिनु हुन्छ नि हैन ?
हो!, तर तिमिले ल्याउनु पर्दैन । अस्ती अफरमा तिन केस किनेर राखेको छु । बरु अैले नै फ्रिजमा राख्दिहाल्छु । तिम्लाई चिल्ड नभइ हुंदैन ।
हा! हा! हुन्छ दाइ । म गुरुङ र भैरे लाई पनि लिएर आउंछु ल ?
तिम्ले तास पनि खेल्ने बिचार गरेउ कि के हो ? बार्बिक्यु गरेको दिन तास चाहिं नखेलुम् । परिवार रिसाउंछन् क्या !
ह्या ! त्यस्तो हैन, केटाहरुको कम्पनी रमाइलै हुन्छ नि त्यसैले ।
ल ल, गुरुङ पनि आउंछ भने पोर्क पनि लिएर आउ है ? चिकेन बुचरको बाट ल्याएपनि पोर्क चाहिं टेस्कोबाट ल्याउ ल ? केटाकेटीलाई ससेज पनि ल्याइदेउ ।
हुन्छ दाइ । अरु क्यै चाहिन्छ ?
चाहिंदैन ।
ल त, म अस्ती आमाले पठाइदिएको तामा अलिकति पनि लिएर आउंछु, भाउजुलाई कोसेली ।
ओ के सि यु !
सि यु ! दाइ
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल