लन्डन । बेलायतको सेफिल्डस्थित ‘युनिभर्सिटी अफ सेफिल्ड’ मा नेपाल सम्वन्धि पढाइ शुरु भएको छ । अक्सफोर्ड लगायत विभिन्न बेलायती विश्वविद्यालय र अनुसन्धानकर्ताले नेपाल सम्वन्धि अध्ययन अनुसन्धान गरेपनि ‘मोड्युल’ नै राखेर पढाइ थालेको सम्भवतः यो पहिलो बताउंछन् विश्वविद्यालयका सिनियर लेक्चरर एवं मोड्युल लिडर डा. पदम सिम्खडा ।
अब सेफिल्ड विश्वविद्यालयबाट स्नातकोत्तर गर्ने विद्यार्थीले नेपाल सम्वन्धि विशेष ज्ञान लिन चाहेमा ‘इन्टरनेशनल डेभलप्मेन्ट इन नेपाल’ मोड्युल (विषय) रोज्न सक्ने छन् । मोड्युलमा नेपालको सामाजिक, आर्थिक विकास, राजनीति, स्वास्थ्य लगायत क्षेत्रबारे अध्ययन हुने सिम्खडाले जनाए । विश्वविद्यालयको ‘स्कुल अफ हेल्थ एण्ड रिलेटेड रिसर्च’ का डाइरेक्टर सिम्खडाकै पहलमा विश्वविद्यालयले नेपाल सम्वन्धि ‘मोड्युल’ राखेको हो । ‘बेलायतका विश्वविद्यालयमा पनि नेपालबारे वहस होस् भन्ने हाम्रो उद्देश्य हो’, सिम्खडाले भने, ‘नेपालबाट सिक्न सकिने धेरै पक्ष भएकाले नेपाली विद्यार्थी मात्र यहां आउने होइन, विदेशी विद्यार्थी समेत नेपाल गएर अध्ययन गरुन् भन्ने हामी चाहन्छौं ।’
अहिले प्रतिष्पर्धात्मक विश्व बजारमा खरो उत्रन पनि विद्यार्थीलाई अन्तर्राष्ट्रिय विकास सम्वन्धि अध्ययन जरुरी ठान्छन् उनी । सेफिल्ड विश्वविद्यालयका भिजिटिङ प्रोफेसर पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरले पनि यो विषय व्यवस्थापन र प्रवद्र्धन गर्न विशेष सहयोग गरेका थिए ।
उक्त मोड्युल लिनेले आठ साता सेफिल्ड विश्वविद्यालयमा र दुई साता नेपाल गएर अध्ययन गर्नुपर्ने छ । विद्यार्थी नेपाल जांदा विश्वविद्यालयकै सहयोगमा तारा नेपालले सञ्चालन गरेको हेल्थ प्रमोशन प्रोजेक्ट, त्रिभुवन विश्वविद्यालय आदि शैक्षिक प्रतिष्ठान, ठाउं गएर भ्रमण समेत गर्छन् ।
नेपाल अध्ययन गर्नेमा अमेरिका, ब्रिटेन, थाइल्याण्ड, जापान, मलेसिया, नाइजेरिया, दक्षिण कोरिया, गाम्बिया लगायत १० देशका २५ विद्यार्थी छन् । पहिलो व्याचका ति विद्यार्थी तीनजना लेक्चररको साथ भर्खर नेपाल गई दुई साता अध्ययन गरेर बेलायत फर्किएका छन् । नेपाल रहंदा ति विद्यार्थीले धादिङको नलाङ र सलाङ गाविस बसेर स्थानीय वासिन्दाको स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि प्रविधि आदिबारे अनुसन्धान गरेका थिए । विद्यार्थीको अध्ययनमा ति गाविसका ७५ प्रतिशत नेपाली रोजगारीका लागि विदेश गएको उल्लेख छ । ति विद्यार्थीले अनुसन्धानको अन्तिम निष्कर्ष ‘पोलिसी ब्रिफ’ स्थानीय नीति निर्मातालाई हस्तान्तरण समेत गरेका छन् ।
योर्क विश्वविद्यालयले पनि नेपाल सम्वन्धि मोड्युल राख्न चाहेर छलफल गर्न बोलाएको सिम्खडाले जनाए । उता, सोआस् युनिभर्सिटी अफ लन्डनले भने नेपाली भाषा अध्यापन गराउंदै आएको छ ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?