
लन्डन । तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ ।
कास्कीको मादी गाउँपालिका – १, खिलाङ पुर्ख्यौली घर भई बेलायतको फानबोरोमा बस्दै आएका भूपू मेजर लालबहादुरको २९ अप्रिलमा निधन भएको तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले जानकारी गराउनुभएको छ ।
‘तमु धीं यूकेका पूर्व अध्यक्ष मेजर लालबहादुर गुरुङ एउटा अशल अभिभावक हामीबाट सधैंका लागि बिदा लिएर जानुभएको छ । तर तपाईंको आशीर्बाद, योगदान मार्गदिशा कहिल्यै बिर्सिने छैन । स्वर्गमा बास होस् । तपाईंको आत्माले शान्ति मिलोस् काका निशब्द छु,’ मिनप्रसादले शुक्रबार बिहान फेसबुकमा लेख्नुभएको छ ।
तमु धीं यूकेको चौथौं कार्यसमितिका अध्यक्ष हुनुहुन्थ्यो । लालबहादुर लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । दिवंगत गुरुङ १/२ जीआरका पूर्वसैनिक अफिसर हुनुका साथै तमु धीँ यूकेका हालका ट्रष्टी र खिलाङ समाज यूकेका प्रमुख सल्लाहकार समेत हुनुहुन्थ्यो । साथै, सिरमूर राइफल्सका पूर्वअध्यक्ष र नेपाल कपका पूर्व खेलाडी पनि हुनुहुन्थ्यो ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन