
लन्डन । बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईका नम्बरी पार्टीको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
अल्डरसटस्थित ठमेल रेस्टुरेन्ट एन्ड बारमा शनिबार २ मेमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वेल्स, मेडस्टोन, बर्मिङघमलगायत क्षेत्रबाट नम्बरीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भुमर्कोट समाज यूकेको अध्यक्ष चयन भएका दिपक गुरुङ र मगर संघ वेल्सको अध्यक्षमा चयन भएका नम्बरी रुद्र रानालाई क्रेगी लगाई बधाई दिइएको थियो ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, कम्युनिटी काउन्सिल अफ ब्रेकनका काउन्सिलर महादेव थापा र उहाँकी श्रीमतीलाई खादा लगाई बधाई दिइएको थियो । सिनियर दर्जामा पुगेका नम्बरी मेजर धन चन्द र उहाँकी श्रीमतीलाई पनि खादा लगाई बधाई दिइएको थियो ।
कार्यक्रममा लोकप्रिय लोक दोहोरी गायिका निरा थापा मगरले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।
परशु गुरुङले संचालन गरेको कार्यक्रममा ३६६५ टेकन्सिंग गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । दिउँसो १२ बजेबाट शुरु भएको कार्यक्रम साँझ ८ बजे समापन गरिएको थियो ।













तस्बिर सौजन्य : परशु गुरुङ
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन