
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा बेलायतवासी नरेश काङमाङ राईसहित १० विशिष्ट स्रष्टालाई बिहीबार प्रज्ञा पुरस्कार २०८२ प्रदान गरिएको छ ।
भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्रलगायत विधामा साधनारत विशिष्ट स्रष्टालाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारमा राष्ट्रियतर्फ एक लाख रुपैयाँ र प्रादेशिकतर्फ ५० हजार रुपैयाँ राशि रहेको छ ।
प्रज्ञा पुरस्कार समालोचनातर्फ प्रा डा अभि सुवेदी, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, गद्य साहित्यतर्फ आहुतिलाई, भाषातर्फ प्रा मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्रा डा सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, अनुवादतर्फ डा सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत), मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेस तराई)तर्फ अमरेन्द्रकुमार यादवलाई पुरस्कृत गरियो ।
त्यसैगरी प्रज्ञा प्रादेशिक पुरस्कार पाउनेमा कोशीमा मलिसा याक्थुम्बा लिम्बू (महेन्द्रकुमार नेम्वाङ), मधेस प्रदेशतर्फ मुना चौधरी, बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना, गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर, कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य, सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल सोडारी हुनुहुन्छ ।
कुलपति भूपाल राईले भाषा, साहित्य, संस्कृति र समाजशास्त्रलगायतका ज्ञानका विविध आयाममा साधनारत प्रतिनिधिमूलक प्रतिभालाई प्रज्ञा पुरस्कार दिन पाएकामा गौरवबोध भएको बताउनुभएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते