
लन्डन । किसन राईको स्वरमा रहेको गीत ‘साइॅली’ सार्वजानिक भएको छ । डि. आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निर्मल कुमार लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गायक किसनको अभिनय छ । लिम्दुनी क्रियसन रेकर्डिङ्गमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियल (Kisan Rai Official) बाट सार्वजनिक गरिएको हो ।
पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको भिडियोमा साइॅलीको चल्चलेपन, सौन्दर्यता र जीवनशैली र युवाको साइॅलीप्रतिको आकर्षणलाई विषयवस्तु बनाइएको छ ।
गायक किसनले २०२३ अक्टुबर महिनामा ‘यो मन मेरो दोमन भो’ नामको गीत र भिडियो सार्वजनिक गर्नुभएको थियो ।
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !