
लन्डन । बेलायतमा स्वास्थ्य क्षेत्रमा कार्यरत गायिका शर्मिला बर्देवाको आवाजमा सजिएको नयाँ नेपाली गीत ‘मन सिउने धागो’ सार्वजनिक भएको छ।
नेपाली पार्श्व तथा आधुनिक गायनमा ख्याति कमाएकी बर्देवाले आफ्नै युट्युव च्यानलबाट शुक्रबार उक्त गीत सार्वजनिक गर्नुभएको हो । कृतीशा केसी र पेमादावा लामाको अभिनयमा भिडियो तयार भएको छ । गीतमा मीरा राणाको संगीत, प्रमोद स्नेही राणाको शब्द रचना र मनोहर सुनामको एरेञ्ज रहेको छ । यस गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ्ग भोला पौडेलले साउण्ड डिजाइन स्टुडियोमा गर्नुभएको हो भने भियना, अस्ट्रियामा रुपक कुमारले स्वर रेकर्ड गर्नुभएको छ ।
भिडियोतर्फ, क्यामेरामा नरेश अय्यर र उहाँको टिमको साथमा मेकअप आर्टिस्ट कञ्चन गिरीले काम गर्नुभएको छ । भिडियो सम्पादन र कलर मिन रावलले गर्नुभएको छ भने निर्देशन र कन्सेप्ट उत्तम श्रेष्ठ सिसिरको रहेको छ । गीतको निर्माण सरोज परियारले गर्नुभएको हो र पोस्ट प्रोडक्शन जनता डिजिटल प्रालिले गरेको छ।

बेलायतमा स्वास्थ्य सेवामा निरन्तर सेवा प्रदान दिँदै आउनुभएकी गायिका बर्देवाका ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’ , ‘आँखैमा झलझली’, ‘हिउँचुलीमा हिउँ’, ‘आगो लाग्यो दिलैमा दमकल बोलाईदेउ’ लगायत दर्जनौँ गीत चर्चित छन् । यतिखेर उहाँ गीत नेपाली गीत, संगीतको लागि पूरा समय दिने भन्दै काठमाडौंमा रहँदै आउनुभएको छ । उहाँको नयाँ गीत ‘मन सिउने धागो’ले संगीत पारखीहरूको मन जित्ने अपेक्षा गरिएको छ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर