
काठमाडौँ । सातौँ संस्करणको मिस मगर नेपाल २०२४ को उपाधि म्याग्दीकी क्रिस्टिना पुन मगरले जित्नुभएको छ ।
पोखराको होटल ग्रान्डमा शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै क्रिस्टिनाले उपाधि जित्नुभएको हो । म्याग्दीकै आशिका गर्बुजा मगर फस्ट रनरअप र नरिशा पुन मगर सेकेन्ड रनरअप बन्नुभयो । थर्ड रनरअप रश्मी आले मगर तथा भ्युअर च्वाइस अवार्ड माया दर्लामी मगरले जित्नुभयो ।
एसटी क्रिएसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा प्रतियोगिता आयोजना गरेको हो । फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलगायतको सहभागिता थियो । अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट ११ प्रतियोगीले करिब एक महिनासम्म सिकेका कुरालाई ग्रान्ड फिनालेमा प्रस्तुत गरेका थिए ।
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !