लन्डन । ३३औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को उद्घाटन गरिएको छ ।
शुक्रबार पहिलो पटक स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गरी फरक शैलीमा उद्घाटन गरिएको हो ।

समारोह पेरिस छेउको सेन नदीमा भएको थियो । जहाँ विश्वका २०६ राष्ट्रका खेलाडीहरु विभिन्न शैलीका डुङ्गाहरु चढेर मार्सपासमा सहभागी भएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार उनीहरु ८५ वटा बोटमा चढेर करिब ६ किलोमिटर लामो परेडमा सहभागी भएका थिए ।
फ्रान्सेली राष्ट्रपति माक्रोनले ३३औं समर ओलम्पिकको उद्घाटन भएको घोषणा गर्नुभएको थियो । उद्घाटन समारोहमा चर्चित गायिक लेडी गागा, सेलियन डियोन लगायतले प्रस्तुति दिनुभएको थियो ।
यस्तै फ्रेन्च फुटबल लेजेण्ड जिनेदिन जिदान, टेनिस स्टार राफायल नाडाल लगायत सहभागी हुनुभयो ।
पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पासमा नेपालको झन्डा टेबलटेनिसका श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले बोक्नु भएको थियो ।
पेरिस ओलम्पिकमा नेपालीसहित विश्वका १० हजार ७१४ खेलाडीले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग