विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित

लन्डन । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप फुटबल २०२६ मा सानदार सुरुआत गरेको छ ।

कानसास सिटी स्टेडियममा बुधबार १७ जुनमा भएको खेलमा मेसीले गरेको उत्कृष्ट ह्याट्रिक गोलसँगै अर्जेन्टिनाले समूह ‘जे’को खेलमा अल्जेरियालाई ३–० ले पराजित गरेको हो । मेसीले १७, ६० र ७६ औं मिनेटमा गोल गरेका थिए ।

अर्जेन्टिना तीन अंकमा समूहका शीर्षमा रहेको छ ।

यसैबीच मंगलबार अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएकोसम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री