
लन्डन । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा आइतबार सम्पन्न समूह ‘सी’को खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जितसँगै शीर्ष तीन अङ्क जोडेको छ । स्कटल्याण्डले पछिल्लो पटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन सकेको थिएन ।
स्कटल्याण्डको जितमा जोन म्याकगिनलले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको पहिलो हाफको २८औँ मिनेटमा गोल गरे ।
समूह ‘सी’ अन्तर्गत आज बिहान सम्पन्न खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले मोरक्कोसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । यस समूह ‘सी’ मा स्कटल्याण्ड तीन अङ्कका साथ शीर्ष स्थानमा छ भने मोरक्को एक अङ्कका साथ दोस्रो स्थानमा छ ।
त्यस्तै, समान एक अङ्क नै बटुलेको ब्राजिल तेस्रो स्थानमा छ । अङ्कविहीन रहेको हाइटी चौथो स्थानमा छ ।
विश्वकपअन्तर्गत आजै समूह ‘डी’ को खेलमा अस्ट्रेलिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । क्यानडाको भ्यानकुभर स्टेडियममा हुने उक्त खेल अहिले बिहान ९ः४५ बजेदेखि सुरु हुनेछ । आज हुने अर्को समूह ‘इ’ को खेलमा जर्मनी र कुराकाओबीच भिडन्त हुनेछ । उक्त खेल राति १०:४५ बजे हुनेछ ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई