
लण्डन । लण्डनको एक स्थानिय निकायले नेपालको हवाइ दुर्घटनामा निधन हुनेहरूको सम्झनामा एक कार्यक्रम गरी शोक व्यक्त गरेको छ ।
दक्षिण पूर्वी लण्डनमा अवस्थित रोयल बरो अफ ग्रीनीचले शुक्रबार साँझ काउन्सिलमा एक श्रद्धान्जलि सभा आयोजना गरेको थियो ।
काउन्सिलका मेयर लियो फ्लेचरले सो कार्यक्रमको संचालन गरेका थिए भने नेपाली दुताबास लण्डनकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल, काउन्सिल लिडर एन्थोनी ओकेरेके, बेलायती सेनाका पूर्व लेफ्टिनेण्ट कर्णेल टोल खाम्चा लगायतले सम्बोधन गरेका थिए ।
उपनियोग प्रमुख खनालले सम्बोधनका क्रममा नेपाल र बेलायतबीच रहेको प्रगाढ सम्बन्धको दृष्टान्तका रूपमा सो श्रद्धान्जलि सभा रहेको बताइन् । उनले नेपालमा हवाइ सुरक्षाका बारेमा कार्य भइरहेको पनि उनले जानकारी दिइन् ।
काउन्सिल लिडर ओकेरेकेले ग्रीनीच काउन्सिल लण्डनभरिमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने काउन्सिल भएको र पूर्व गोरखाहरुले सो काउन्सिललाई बसोबासका लागि रोजेकोमा खुशी व्यक्त गरे ।
काउन्सिलर जीत रानाभाटले कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा स्थानीय नेपाली पशुपति मन्दिरका पुजारी पण्डित नीलहरि घिमिरे, ग्रीनीच हिन्दु मन्दिरका प्रमिला राटान, ग्रीनीच चर्चका अध्यक्ष माइक लिडर, उलीच गुरुद्वाराका डा जागिर सेकान ओबीई र जियानी गुरुप्रीत सिंह, स्थानीय नेपाली गुम्बाका लामा गुरु र उनको टोलीले दिवंगत यात्रुहरूको सम्झनामा प्रार्थना, मन्त्रपाठ र मोलम प्रस्तुत गरेका थिए ।
अन्सु केसीले भजन र महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता पाठ गरेकी थिइन् भने राजन खकुरालले बाँसुरीको धुन प्रस्तुत गरेका थिए ।
जनवरी १६ मा नेपालको पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा विभिन्न देशका ७२ यात्रुको ज्यान गएको थियो ।

गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम